नेकपा एमाले इलामको अध्यक्षमा बराल निर्वाचित

मंशिर १,२०८१ / जेसी नेपाल संवाददाता

नेकपा एमालेको इलाम जिल्ला अधिवेशनले अध्यक्षमा गणेश बराललाई निर्वाचित गरेको छ । ११ औँ अधिवेशनले बराललाई फराकिलो मतान्तरले निर्वाचित गरेको हो। बरालले प्रतिष्पर्धी नरेन्द्रनाथ भट्टराईलाई १८६ मतान्तरले हराएका हुन्।

बरालले ३८१ मत प्राप्त गर्दा भट्टराईले १९५ मत पाएका छन्। उपाध्यक्षमा उदयबहादुर राई दोस्रो पटक निर्वाचित भएका छन्। राईले प्रतिद्वन्द्वी उमेश गुरुङलाई ६६ मतान्तरले हराएका हुन्। राईले २५० मत प्राप्त गर्दा गुरुङले १८४ मत पाए। उपाध्यक्षका अर्का प्रत्यासी बुद्धि खनालले १३७ मत प्राप्त गरे।

सचिवमा रामप्रसाद सुवेदी निर्वाचित भएका छन्। उपसचिव पुरुषमा रमेश राई निर्वााचित भएका छन् । निर्वाचनमा ५८१ मत खसेको थियो ।

प्रकाशित : मंशिर १,२०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

मधेशमा मन्त्री फेरबदल गरी सरकार टिकाउने तयारी,स्वास्थ्यमन्त्री जंगीलाल हटाएर बीरेन्द्रलाई मन्त्री बनाउने दाउमा : JCNEPALMEDIA

दक्षिण भारतीय राज्य तमिलनाडुको राजनीतिमा ठूलो उथलपुथल : JCNEPALMEDIA

आजबाट संसद् अधिवेशन शुरू, तीन अध्यादेश पेस हुँदै : JCNEPAL MEDIA

प्रधान न्यायाधीश नियुक्तिकाे अधार , वरिष्ठता र याेग्यता : JCNEPAL MEDIA

भागबन्डाको खेलले सुशासन परे थला ,अब रास्वपालाई ऐतिहासिक परीक्षा : JCNEPAL MEDIA

भागबन्डाको खेलले सुशासन परे थला ,अब रास्वपालाई ऐतिहासिक परीक्षा : JCNEPAL MEDIA