पूर्व मन्त्री धनराज गुरुङ : कानुन अभावकै कारण देश गरिब बन्यो JCNEPAL MEDIA

पुष २२,२०८१ / जेसी नेपाल संवाददाता

काठमाडौं : नेपाली काँग्रेसका उपसभापति तथा पूर्वमन्त्री धनराज गुरुङले कानुन अभावका कारण मुलुक गरिब बनेको बताउनु भएको छ । स्याङ्जाको कालीगण्डकीमा नेपाली काँग्रेसको सयदिने बिशेष अभियानको उद्घाटन गर्नुहुँदै गुरुङले मुलुकमा चार वटा मात्रै भए पनि कानुन नयाँ बनाउन सके राजस्वमा बृद्धि हुने तर्क गर्नु भयो । कानुन अभावकै कारण मुलुकमा राजस्व बृद्धि गर्न नसकिएको उहाँको भनाई छ ।पूर्व कानुनमन्त्री समेत रहनु भएका गुरुङले सम्वन्धित मन्त्रलायलाई कानुन मस्यौदा नपठाउदा आफ्नो कार्यकालमा कानुन बनाउन नसकेको बताउनु भयो ।

देशको आर्थिक पाटो सुधार्ने हो भने कानुन निर्माणकै आवश्यकता रहेको उहाँको भनाई छ ।अबैध कारोवारलाई नियमानुसार हुने गरी बैधानिक, जडिबुटी सम्वन्धी, घरेलु मदिरा र गाँजा सम्वन्धी नयाँ कानुन बनाउन सकियो भने १७ खर्बबाट २५ खर्ब राजस्व बढाउन सकिने उपसभापति गुरुङको दावी छ ।

पाँचसय र हजारको नोटबन्दी गरी बैकिङ् प्रणाली मार्फत कारोवार गर्नुपर्ने, नेपालको जंगलमा रहेका काठको प्रयोग गर्नुपर्ने, घरेलु मदिरा उत्पादनलाई प्रथामिकता दिनुपर्ने र गाँजा खेतीका बिषयमा प्रष्ट कानुन बनाएर अगाडी सार्ने हो भने देशले छिट्टै आर्थिक फड्को मार्ने उपसभापति गुरुङ्ले बताउनु भयो ।कानुन अभावकै कारण करोडौंको काठ बाहिरबाट आयत गरिएको उहाँको भनाई छ ।

कानुनको अभावमा जंगलमा काठ कुहिएर खेरा गइरहेको भन्दै पूर्वमन्त्री गुरुङले बाहिरी काठ रोकेर नेपाली जंगलकै काठ प्रयोग गर्न सके राजस्वमा बृद्धि हुने स्पष्ट पार्नु भयो ।कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य टेकबहादुर गुरुङ, नेपाली काँग्रेस स्याङ्जाका सभापति तथा संघिय सांसद राजु थापाले सरकारले नागरिकको भावना अनुसार काम गर्न सुझाव दिनु भयो । बजेट अभावको बाहानामा योजनाहरु अलपत्र पार्नुभन्दा जनताको आवश्यकताका आधारमा योजनाहरु सम्पन्न गर्नेगरी कार्ययोजना बनाउन सरकारलाई आग्रह गरेका थिए । बजेट अभावमा योजनाहरु लामो समय देखि अलपत्र परेका उनीहरुको भनाई छ ।

प्रकाशित : मंशिर २२,२०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

मधेशमा मन्त्री फेरबदल गरी सरकार टिकाउने तयारी,स्वास्थ्यमन्त्री जंगीलाल हटाएर बीरेन्द्रलाई मन्त्री बनाउने दाउमा : JCNEPALMEDIA

दक्षिण भारतीय राज्य तमिलनाडुको राजनीतिमा ठूलो उथलपुथल : JCNEPALMEDIA

आजबाट संसद् अधिवेशन शुरू, तीन अध्यादेश पेस हुँदै : JCNEPAL MEDIA

प्रधान न्यायाधीश नियुक्तिकाे अधार , वरिष्ठता र याेग्यता : JCNEPAL MEDIA

भागबन्डाको खेलले सुशासन परे थला ,अब रास्वपालाई ऐतिहासिक परीक्षा : JCNEPAL MEDIA

भागबन्डाको खेलले सुशासन परे थला ,अब रास्वपालाई ऐतिहासिक परीक्षा : JCNEPAL MEDIA