अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन तामाकोशी गाउँपालिका कमिटीको प्रथम अधिवेशन सम्पन्न

दिपक बस्नेत
चैत्र १२, तामाकोशी
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन तामाकोशी गाउँपालिका कमिटीको प्रथम अधिवेशन सम्पन्न भएको छ ।
प्रथम अधिवेशनले आर्दश खड्काको अध्यक्षतामा ७५ सदस्यीय पालिका कमिटी गठन गरेको छ । कमिटीको बरिष्ठ उपाध्यक्षमा विक्रम अधिकारी, उपाध्यक्ष राकेश सुवेदी, कोषाध्यक्ष जानुका चौलागाई, सचिव दिनेश रोका, सहसचिव प्रदिप फुयाल, कृष सुनुवार, प्रशान्त कार्की रहनु भएको छ ।
अनेरास्ववियु जिल्ला कमिटी सचिवालय सदस्य तथा तामाकोशी गाउँपालिका इन्चार्ज सुदिप पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले बागमती प्रदेश सचिवालय सदस्य तथा दोलखा जिल्ला इन्र्चाज ईश्वर चन्द्र पोखरेल, अनेरास्ववियु स्थाई कमिटी सदस्या तथा बागमती प्रदेश सहइन्र्चाज अभिषेक सुवेदी, अनेरास्ववियु जिल्ला कमिटी अध्यक्ष राजकुमार ढुङगेल, नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य लक्ष्मण गुभाजु, नेकपा एमाले तामाकोशी गाउँपालिका कमिटी उपाध्यक्ष उर्मिला खड्का के.सी लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

मधेशमा मन्त्री फेरबदल गरी सरकार टिकाउने तयारी,स्वास्थ्यमन्त्री जंगीलाल हटाएर बीरेन्द्रलाई मन्त्री बनाउने दाउमा : JCNEPALMEDIA

दक्षिण भारतीय राज्य तमिलनाडुको राजनीतिमा ठूलो उथलपुथल : JCNEPALMEDIA

आजबाट संसद् अधिवेशन शुरू, तीन अध्यादेश पेस हुँदै : JCNEPAL MEDIA

प्रधान न्यायाधीश नियुक्तिकाे अधार , वरिष्ठता र याेग्यता : JCNEPAL MEDIA

भागबन्डाको खेलले सुशासन परे थला ,अब रास्वपालाई ऐतिहासिक परीक्षा : JCNEPAL MEDIA

भागबन्डाको खेलले सुशासन परे थला ,अब रास्वपालाई ऐतिहासिक परीक्षा : JCNEPAL MEDIA