धनुषामा जन्तीबाट फर्किने क्रममा मोटरसाइकल दुर्घटना हुदा एकको मृत्यु, दुई घाइते : JCNEPAL MEDIA

असार ९,२०८२ / जेसी नेपाल संवाददाता

जनकपुरधाम : धनुषामा एकाबिहानै भएको मोटरसाइकल दुर्घटनामा एक जनाको घटनास्थलमै ज्यान गएको छ भने दुई जना गम्भीर घाइते भएका छन्। दुर्घटना कमला नगरपालिका र विदेह नगरपालिकाको सिमाना पर्ने मुडिया सराबे नजिकै हुलाकी राजमार्ग छेउमा सोमबार बिहान करिब ३ बजेतिर भएको प्रहरीले जनाएको छ।

जन्तीबाट फर्किँदै गरेका धनुषाको शहीदनगर नगरपालिका–८ बिसरभोरा निवासी युवक सवार मोटरसाइकल दुर्घटनामा परेको हो। तीव्र गति र मादकपदार्थ सेवन गरेर सवारी चलाएको प्रहरीले अनुमान गरिएको छ। अनटेस्ट नम्बर प्लेट भएको सो मोटरसाइकलमा तीन जना सवार थिए।

तीमध्ये बिसरभोरा निवासी एक युवकको घटनास्थलमै मृत्यु भएको हो भने सोही वडाको नाथपट्टी टोलका दुई युवक गम्भीर घाइते भएका छन्। उनीहरूको नाम खुल्न नसकेको प्रहरीले जनाएको छ। बिहान मर्निङ वाकमा निस्किएका स्थानीयले सडकछेउमा दुर्घटनाग्रस्त अवस्थामा मोटरसाइकल र घाइतेहरू देखेपछि प्रहरीलाई खबर गरेका थिए।

घटनास्थलमा पुगेको प्रहरी टोलीले तत्कालै घाइतेहरूलाई उपचारका लागि जनकपुरस्थित प्रादेशिक अस्पताल पठाएको थियो। तर, चिकित्सकले एक जनालाई अस्पतालमै मृत घोषित गरेका छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको धनुषा प्रहरीले जनाएको छ।

प्रकाशित : असार ९,२०८२                 ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

मधेशमा मन्त्री फेरबदल गरी सरकार टिकाउने तयारी,स्वास्थ्यमन्त्री जंगीलाल हटाएर बीरेन्द्रलाई मन्त्री बनाउने दाउमा : JCNEPALMEDIA

दक्षिण भारतीय राज्य तमिलनाडुको राजनीतिमा ठूलो उथलपुथल : JCNEPALMEDIA

आजबाट संसद् अधिवेशन शुरू, तीन अध्यादेश पेस हुँदै : JCNEPAL MEDIA

प्रधान न्यायाधीश नियुक्तिकाे अधार , वरिष्ठता र याेग्यता : JCNEPAL MEDIA

भागबन्डाको खेलले सुशासन परे थला ,अब रास्वपालाई ऐतिहासिक परीक्षा : JCNEPAL MEDIA

भागबन्डाको खेलले सुशासन परे थला ,अब रास्वपालाई ऐतिहासिक परीक्षा : JCNEPAL MEDIA