पत्रकार महासंघ मधेश प्रदेशले भवन बनाउन जनकपुरमा गुठ्ठीबाट ४ कठ्ठा जग्गा पाए : JCNEPAL MEDIA

साउन २१,२०८१ / जेसी नेपाल संवाददाता

जनकपुरधाम : नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले आफ्नै भवन निर्माणका लागि गुठी संस्थानसँग ४ कठा जग्गा प्राप्त गरेको छ । जनकपुरधाम उपमहानगरपालिका ४ स्थित तैनाथी गुठीको ४ कठ्ठा जग्गा लिजमा प्राप्त गरेको हो । सोमबार काठमाडौंस्थित गुठी संस्थानको केन्द्रीय कार्यालयमा नेपाल पत्रकार महासंघ मधेश प्रदेश समिति र गुठी संस्थानबीच औपचारिक सम्झौता भएको छ ।

जनकपुरको बिचमा सरकारी वकिलको कार्यालय छेउमा रहेको श्रीराम मन्दिर गुठीअन्तर्गतको उक्त चार कठ्ठा जग्गामा महासंघले भवन निर्माण गर्नेछ । उक्त सम्झौता पत्रमा नेपाल पत्रकार महासंघ मधेश प्रदेशको तर्फबाट अध्यक्ष श्याम बन्जारा र गुठी संस्थानको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत शैलेशराज कुवँरले हस्ताक्षर गरेका छन् । सम्झौतामा साक्षीको रुपमा महासंघ मधेश प्रदेशका महासचिव शैलेन्द्र महतो क्रान्ति र गुठीको तर्फबाट गुठीका प्रमुख ईन्जिनियर शालिकग्राम सुवेदी रहेका छन् ।

सम्झौता हस्ताक्षर समारोहमा नेपाल पत्रकार महासंघका कार्यवाहक अध्यक्ष दिपक आर्चाय,महासचिव रामप्रसाद दहाल, सचिव रमेश खतिवडा, केन्द्रिय लेखा संयोजक केसि लामिछाने, प्रदेश उपाध्यक्ष अम्बिका दाहाल, सचिव हदिस खुदार, सदस्य अजय साह, प्रेच चौतारी नेपालका महासचिव हिरामान लामा, सहभागिता थियो ।

सम्झौतापछि महासंघका अध्यक्ष बन्जाराले गुठी संस्थानप्रति आभार व्यक्त गर्दै प्रदेशस्तरीय पत्रकारिता पूर्वाधार निर्माणमा ऐतिहासिक काम भएको बताए ।

प्रकाशित : साउन २१,२०८१                  ००:०० 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

मधेशमा मन्त्री फेरबदल गरी सरकार टिकाउने तयारी,स्वास्थ्यमन्त्री जंगीलाल हटाएर बीरेन्द्रलाई मन्त्री बनाउने दाउमा : JCNEPALMEDIA

दक्षिण भारतीय राज्य तमिलनाडुको राजनीतिमा ठूलो उथलपुथल : JCNEPALMEDIA

आजबाट संसद् अधिवेशन शुरू, तीन अध्यादेश पेस हुँदै : JCNEPAL MEDIA

प्रधान न्यायाधीश नियुक्तिकाे अधार , वरिष्ठता र याेग्यता : JCNEPAL MEDIA

भागबन्डाको खेलले सुशासन परे थला ,अब रास्वपालाई ऐतिहासिक परीक्षा : JCNEPAL MEDIA

भागबन्डाको खेलले सुशासन परे थला ,अब रास्वपालाई ऐतिहासिक परीक्षा : JCNEPAL MEDIA