जनकपुरका वकिल र पत्रकार मिले, दुवै पक्षबीचको विवाद मिलापमा टुंगियो : JCNEPAL MEDIA

भदौ ०४,२०८१ / जेसी नेपाल संवाददाता

जनकपुरधाम : जनकपुरका वकिल र पत्रकार मिलेका छन । दुवै पक्षबीचको विवाद मिलापमा टुंगिएकाे छ । लामो समयदेखि जारी नेपाल बार एशोसिएसन जनकपुरधाम र नेपाल पत्रकार महासंघ, मधेश प्रदेशबीचको विवाद अन्ततः समझदारीमा टुंगिएको छ। सोमबार दुबै संस्थाबीच भएको सहमति पश्चात दुवै संस्थाले प्रेस विज्ञप्ति जारी गर्दै आपसी मनोमालिन्यलाई संवादमार्फत समाधान गर्ने बताएका छन्। सम्झौता अनुसार दुवै संस्थाले अतीतका घटनाबाट शिक्षा लिई आगामी दिनमा संस्थागत मर्यादा कायम राख्दै सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।

नेपाल बार एशोसिएसन जनकपुरधामका अध्यक्ष बिमल कुमार मिश्र र नेपाल पत्रकार महासंघ, मधेश प्रदेशका अध्यक्ष श्याम प्रसाद बन्जाराले हस्ताक्षर गरेको विज्ञप्तिमा विवाद समाधानका लागि गठन भएको उच्चस्तरीय वार्ता समितिको सक्रियता ऐतिहासिक भएको उल्लेख छ। विवाद समाधानसँगै दुबै संस्थाले लोकतन्त्र, सुशासन र पेशागत स्वतन्त्रताको सवालमा साझा एजेण्डा अघि बढाउने जनाएका छन्।

विज्ञप्तिमा भनिएको छ,संस्थागत मर्यादामाथि आँच आउने गरी अघि बढेका केही घटनाबाट दुबै पक्ष दुःखी भएका थिए, तर अब त्यस्ता अवस्था नदोहर्याउने प्रतिवद्धता जनाएका छन्। दुवै संस्थाले नागरिक हकहित, सामाजिक न्याय, प्रेस स्वतन्त्रता र कानूनी मर्यादा सुदृढीकरणका लागि एकआपसमा सहकार्य गर्दै अघि बढ्ने घोषणा गरेका छन्। साथै, कुनै पनि विवादलाई संवाद र मध्यस्थतामार्फत समाधान गर्नुपर्नेमा दुबै पक्ष एकमत भएका छन्।

यसअघि पत्रकार महासंघ र बार एशोसिएसनबीचको विवाद सार्वजनिक रूपमा चर्किएको थियो। तर उच्चस्तरीय वार्ता समितिको पहलमा गतिरोध अन्त्य भएको हो। विज्ञप्तिमा दुबै संस्थाका पदाधिकारीहरूले यसलाई ऐतिहासिक महत्वको उपलब्धि बताएका छन्।

प्रकाशित : भदौ ०४,२०८१                    ००:०० 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

मधेशमा मन्त्री फेरबदल गरी सरकार टिकाउने तयारी,स्वास्थ्यमन्त्री जंगीलाल हटाएर बीरेन्द्रलाई मन्त्री बनाउने दाउमा : JCNEPALMEDIA

दक्षिण भारतीय राज्य तमिलनाडुको राजनीतिमा ठूलो उथलपुथल : JCNEPALMEDIA

आजबाट संसद् अधिवेशन शुरू, तीन अध्यादेश पेस हुँदै : JCNEPAL MEDIA

प्रधान न्यायाधीश नियुक्तिकाे अधार , वरिष्ठता र याेग्यता : JCNEPAL MEDIA

भागबन्डाको खेलले सुशासन परे थला ,अब रास्वपालाई ऐतिहासिक परीक्षा : JCNEPAL MEDIA

भागबन्डाको खेलले सुशासन परे थला ,अब रास्वपालाई ऐतिहासिक परीक्षा : JCNEPAL MEDIA