राराब कलेजमा सँयुक्त विद्यार्थी संगठनको आन्दोलन : जनकपुर JCNEPAL MEDIA

भाद्र १३,२०८२ / जेसी नेपाल संवाददाता

जनकपुरधाम : जनकपुरधामको राराब क्याम्पसमा देखिएका तानाशाही प्रवृत्ति र मनोमानीका कारण विद्यार्थीहरू विभिन्न समस्यामा परेको भन्दै संयुक्त विद्यार्थी संगठनले दोस्रो चरणको शान्तिपूर्ण आन्दोलन थालेका छन्। गत सोमबार (९ गते) पहिलो चरणको आन्दोलन भएको थियो।

तर, त्यसबेला पनि क्याम्पस प्रमुखले विद्यार्थीहरूको माग बेवास्ता गरेपछि आन्दोलनलाई दोस्रो चरणसम्म लैजान बाध्य भएको विद्यार्थी नेताहरूले बताएका छन्। विद्यार्थीहरूले राखेका मागमा क्याम्पस प्रमुखको नियमित उपस्थिती, लामो समयदेखि रोकिएको परिचयपत्र (ID Card) वितरण तत्काल सुरु गर्ने, शुल्क वृद्धिमा पारदर्शिता कायम गर्ने, शाखागत कार्य समयमा सम्पन्न गर्ने, कर्मचारी भर्ना प्रक्रियामा पारदर्शिता ल्याउने, संवेदनशील काउन्टरमा जिम्मेवार कर्मचारी तोक्ने, साथै BSc.CSIT, BBA र BIT कार्यक्रमका निर्देशक तथा उपनिर्देशकलाई पूर्ण समय उपस्थित गराउने लगायतका छन्।

विद्यार्थीहरूको भनाइअनुसार माग पूरा नगरे आन्दोलनलाई थप उग्र बनाइने चेतावनी दिएका छन्। उनीहरूले भने, “हामी विद्यार्थीहरूको हकहितका लागि सदैव अग्रसर रहन्छौं, यदि प्रशासनले फेरि बेवास्ता गर्‍यो भने तेस्रो चरणको आन्दोलन गर्न बाध्य हुनेछौं।” विद्यार्थीहरूले समस्याको छिटो समाधान गरी शैक्षिक वातावरण सहज बनाउन क्याम्पस प्रशासनसँग आग्रह गरेका छन्।

प्रकाशित : भदौ १३,२०८२                   ००:०० 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

मधेशमा मन्त्री फेरबदल गरी सरकार टिकाउने तयारी,स्वास्थ्यमन्त्री जंगीलाल हटाएर बीरेन्द्रलाई मन्त्री बनाउने दाउमा : JCNEPALMEDIA

दक्षिण भारतीय राज्य तमिलनाडुको राजनीतिमा ठूलो उथलपुथल : JCNEPALMEDIA

आजबाट संसद् अधिवेशन शुरू, तीन अध्यादेश पेस हुँदै : JCNEPAL MEDIA

प्रधान न्यायाधीश नियुक्तिकाे अधार , वरिष्ठता र याेग्यता : JCNEPAL MEDIA

भागबन्डाको खेलले सुशासन परे थला ,अब रास्वपालाई ऐतिहासिक परीक्षा : JCNEPAL MEDIA

भागबन्डाको खेलले सुशासन परे थला ,अब रास्वपालाई ऐतिहासिक परीक्षा : JCNEPAL MEDIA