प्रदेशसभा बैठक बुधबार ८ बजेका लागि बोलाइयो : मधेस प्रदेश JCNEPAL MEDIA

मंशिर १६,२०८२ / जेसी नेपाल संवाददाता

जनकपुर : प्रदेशसभा बैठक बुधबार ८ बजेका लागि बोलाउने भएका छन । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले विश्वासको मत लिने भएपछि प्रदेश सभा बैठक डाकिएको छ। उपसभामुख बबिता राउत ईश्वरले बुधबार बिहान साढे ८ बजेका लागि बैठक बोलाएकी हुन्।

सर्वोच्च अदालतले परमादेश जारी गर्दै २४ घण्टाभित्र मुख्यमन्त्री यादवलाई विश्वासको मत लिन भनेपछि पत्र प्रतिलिपी पाएको आधारमा मंगलबार प्रदेश सभालाई विश्वासको मत लिने वातावरण मिलाइदिन पत्र पठाएका थियो। उनले दिउँसो २ बजेका लागि बैठक बोलाइदिन पत्र पठाए पनि मंगलबार साँझ बसेको सर्वदलीय बैठकमा बिहान साढे ८ बजे बैठक बोलाउन सहमति भएअनुसार बैठक आह्वान गरिएको हो।

प्रदेश सभामा कूल १०७ सदस्य रहेकोमा बहुमतका लागि ५४ प्रदेश सभा सदस्यको आवश्यकता पर्छ। तर, मुख्यमन्त्रीसँग हाल २६ जना प्रदेश सभा सदस्यको समर्थन छ। मुख्यमन्त्रीसँग एमालेका २४ जना प्रदेशसभा सदस्य, नेपाल संघीय समाजवादी पार्टीका एकजना र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक जना प्रदेशसभा सदस्यको समर्थन छ।

त्यस्तै कार्य व्यवस्था परामर्श समितिको बैठक बिहान ७ बजे बोलाइएको छ। तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नेपालको संविधानको धारा १६८ को उपधारा ३ बमोजिम सबैभन्दा ठूलो दलको हैसियतले नेकपा एमालेका दलका नेता यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेपछि उनको नियुक्तिविरुद्ध सर्वोच्चमा तीनवटा रिट परेको थियो। यसरी मधेश प्रदेश सभाले बिहान ७ बजे कार्य व्यवस्था परामर्श समितिको बैठक बोलाएको छ।

प्रकाशित : मंशिर १६,२०८२           ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

मधेशमा मन्त्री फेरबदल गरी सरकार टिकाउने तयारी,स्वास्थ्यमन्त्री जंगीलाल हटाएर बीरेन्द्रलाई मन्त्री बनाउने दाउमा : JCNEPALMEDIA

दक्षिण भारतीय राज्य तमिलनाडुको राजनीतिमा ठूलो उथलपुथल : JCNEPALMEDIA

आजबाट संसद् अधिवेशन शुरू, तीन अध्यादेश पेस हुँदै : JCNEPAL MEDIA

प्रधान न्यायाधीश नियुक्तिकाे अधार , वरिष्ठता र याेग्यता : JCNEPAL MEDIA

भागबन्डाको खेलले सुशासन परे थला ,अब रास्वपालाई ऐतिहासिक परीक्षा : JCNEPAL MEDIA

भागबन्डाको खेलले सुशासन परे थला ,अब रास्वपालाई ऐतिहासिक परीक्षा : JCNEPAL MEDIA