कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि दिउँसो १ बजे बस्दै : JCNEPAL MEDIA

पुस १०,२०८२/ जेसी नेपाल संवाददाता

काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दैछ । बुधबारबाट सुरु भएको बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको हो ।

हिजोको बैठकमा पार्टीको १५औँ महाधिवेशनको कार्यतालिका संशोधन गर्नुपर्ने विषयमा छलफल भएको थियो । बैठकमा सहभागी अधिकांश सदस्यहरूले महाधिवेशनको कार्यतालिका व्यवहारिक बनाउनुपर्ने आवश्यकता औँल्याएका छन् । बैठकमा महामन्त्री गगनकुमार थापाले महाधिवेशन प्रक्रिया र क्रियाशील सदस्यतासम्बन्धी विषयमा ब्रिफिङ गरेका थिए ।

उनले वडा र क्षेत्रीय अधिवेशन सम्पन्न गरी सिधै केन्द्रीय महाधिवेशन गर्ने प्रस्ताव राखेका छन् । थापाले अघि सारेको प्रस्तावमाथि नेताहरूको धारणा राख्ने क्रम आजको बैठकमा पनि जारी रहने जनाइएको छ ।

प्रकाशित : पुस १०,२०८२          ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

आजबाट संसद् अधिवेशन शुरू, तीन अध्यादेश पेस हुँदै : JCNEPAL MEDIA

प्रधान न्यायाधीश नियुक्तिकाे अधार , वरिष्ठता र याेग्यता : JCNEPAL MEDIA

भागबन्डाको खेलले सुशासन परे थला ,अब रास्वपालाई ऐतिहासिक परीक्षा : JCNEPAL MEDIA

भागबन्डाको खेलले सुशासन परे थला ,अब रास्वपालाई ऐतिहासिक परीक्षा : JCNEPAL MEDIA

धनुषा१ काे निर्वाचन घटनामा रास्वपा उम्मेदवार किशोरी साह(कमल)को रिटमा सुनुवाइ सकियो : JCNEPAL MEDIA

बालेनलाई प्रधानमन्त्री बनाउन रास्वपाको विधान भए बाधक : JCNEPAL MEDIA