रास्वपाकाे मतपरिणामलाई शुभकामना दिदै भने ,आम जनताको शान्त विद्रोह : बाबुराम भट्टराई JCNEPAL MEDIA

फाल्गुन २२,२०८२ / जेसी नेपाल संवाददाता

पूर्वप्रधामन्त्री डा. बाबुराम भट्टराईले रास्वपालाई शुभकामना दिँदै यो मतपरिणामलाई आम जनताको शान्त विद्रोह भनेका छन्। बिहीबार देशैभरि भएको निर्वाचनको मतपरिणाम आउन थालेको छ।

प्रारम्भिक मतपरिणामअनुसार ५० भन्दा धेरै सिटहरूमा राष्ट्रिय स्वतन्त्र पार्टी अगाडी छ। भट्टराईले यो मतदानमार्फत नेपाली जनताले सुशासन र समृद्धिको आकांक्षा राखेको भन्दै भूराजनैतिक चुनौतीलाई समेत कुशल व्यवस्थापन गर्न र जनताका मनोकांक्षा छिटो पूर्ति गर्न पनि रास्वपालाई भनेका छन्।

‘ऐतिहासिक जेनजी विद्रोहपछिको विशिष्ठ परिस्थितिमा सम्पन्न आमनिर्वाचनमा नवोदित दल रास्वपाको पक्षमा देशब्यापी जनलहर पैदा भएको स्पष्ट भएको छ। यो देशमा मूलतः सुशासन र समृद्धिको आकांक्षा पूरा गर्नकालागि आमजनताको शान्त विद्रोहको अभिव्यक्ति हो भनेर सबैले स्वीकार्नैपर्ने हुन्छ’ उनले भनेका छन् ।

देशमा लामो समयदेखि विद्यमान आन्तरिक अर्थ-राजनीतिक र बाह्य भू-राजनीतिक चुनौतिहरूको कुशल व्वस्थापन गर्दै जनताका ती जायज आकांक्षा छिटो पूर्ति गर्न रास्वपा र त्यसको नेतृत्व टिमलाई पूर्ण सफलता मिलोस् हार्दिक शुभकामना ।

प्रकाशित : फाल्गुन २२,२०८२          ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

मधेशमा मन्त्री फेरबदल गरी सरकार टिकाउने तयारी,स्वास्थ्यमन्त्री जंगीलाल हटाएर बीरेन्द्रलाई मन्त्री बनाउने दाउमा : JCNEPALMEDIA

दक्षिण भारतीय राज्य तमिलनाडुको राजनीतिमा ठूलो उथलपुथल : JCNEPALMEDIA

आजबाट संसद् अधिवेशन शुरू, तीन अध्यादेश पेस हुँदै : JCNEPAL MEDIA

प्रधान न्यायाधीश नियुक्तिकाे अधार , वरिष्ठता र याेग्यता : JCNEPAL MEDIA

भागबन्डाको खेलले सुशासन परे थला ,अब रास्वपालाई ऐतिहासिक परीक्षा : JCNEPAL MEDIA

भागबन्डाको खेलले सुशासन परे थला ,अब रास्वपालाई ऐतिहासिक परीक्षा : JCNEPAL MEDIA