इन्सपेक्टरदेखि एसएसपीसम्मको सरुवा तयारी : JCNEPALMEDIA

बैशाख २७,२०८३ / जेसी नेपाल संवाददाता

काठमाडौं : प्रहरी प्रधान कार्यालयले ठूलो संख्यामा प्रहरी अधिकृतको सरुवाको तयारी अघि बढाएको छ। अवधि पुगेका कार्यालय प्रमुखहरुको सरुवा गर्न लागिएको हो। इन्सपेक्टरदेखि एसएसपीसम्मको सरुवाको तयारी भइरहेको प्रहरी महानिरीक्षक निकट स्रोत बताउँछ ।

एक वर्ष अवधि पुगिसकेका इन्चार्जहरूलाई सरुवा गर्न लागिएको हो । जसमा विभिन्न जिल्लाका प्रहरी प्रमुख पनि फेरिने छन्। काठमाडौं र ललितपुरका एसएसपीको पनि सरुवा तयारी भइरहेको स्रोत बताउँछ । दुवैको ८ महिना पुरा भइसकेको छ। काठमाडौं परिसरका प्रमुखहरु यसअघि ६ महिनामै हट्ने गरेका थिए। रमेश थापाले त्यो भन्दा लामो समय नेतृत्व गरिसकेका छन्। काठमाडौं परिसरको प्रमुखका लागि आधा दर्जन एसएसपीहरू दौडधुपमा छन्। त्यस्तै, उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी नवराज अधिकारीको एक वर्ष हुन लागिसकेको छ। विभिन्न तालिम केन्द्रका एसएसपीको पनि हेरफेर तयारी भइरहेको छ।

कार्यक्षमतामा कमजोर रहेका तराईका केही एसपीहरु पनि हेरफेर हुने सम्भावना छ। सुनसरीका केशव थेवे तथा सप्तरीका गौतम केसी लगायतको विषयमा उजुरी बढेका छन्। त्यस्तै, विभिन्न जिल्लाका डिएसपी पनि हेरफेरको तयारी छ । तराईका जिल्लामा ट्राफिक इन्चार्ज भएर जानका लागि इन्सपेक्टरहरू धाइरहेका छन्।

हाल गृहमन्त्रालयको जिम्मेवारीसमेत प्रधानमन्त्री बालेन्द्र शाहले सम्हाल्दै आएका छन्। प्रधानमन्त्रीले प्रहरीको सरुवामा कुनै चासो दिएका छैनन्। उनको सचिवालसँग समन्वय गरी प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सरुवाको तयारी गरेका छन्।

प्रकाशित : बैशाख २७,२०८३          ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

सामाजिक सञ्जालमा नक्कली पेस्तोल प्रदर्शन गर्ने युवक पक्राउ : विराटनगर JCNEPALMEDIA

राष्ट्र बैंकको गभर्नर तथा डेपुटी गभर्नर बाहिरबाट ल्याउने तयारी : JCNEPALMEDIA

हेडक्वार्टरले बदल्यो निर्णय, उपत्यका ट्राफिक प्रहरी प्रमुखमा सुरेश काफ्ले : JCNEPALMEDIA

लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, पाँच नयाँ मन्त्री नियुक्त : JCNEPALMEDIA

शुल्क विवादको बहानामा प्रहरी हिरासतभित्र इप्रका प्रमुखले गरे कुटपिट : सर्लाही JCNEPALMEDIA

टिकटकर तुलसा अधिकारीलाई हत्कडीसहित पुर्याए अदालत : JCNEPALMEDIA