टिकटकमा अश्लिल कुराकानी गर्ने धनुषाका \'न्यू स्टार\' भन्ने यादवलाई सप्तरी प्रहरीले घरबाटै पक्राउ गरी, सप्तरी पठाइयो : JCNEPALMEDIA

बैशाख २९,२०८३ / जेसी नेपाल संवाददाता

काठमाडौं: टिकटक प्लेटफर्ममा अश्लिल कुराकानी गरी चर्चामा आएका धनुषाका अमित यादवलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ ।

धनुषाको गणेशमानचारनाथ ८ चितहा लवटोली (पोर्ताहा) बस्ने दिनेश यादवको छोरा अन्दाजी बर्ष २७ को न्यू स्टार नामले चर्चित अमित यादवलाई पक्राउ गरिएको हो । उनलाई यसपाली टिकटकमा अश्लिल गाली, अभद्रता प्रदर्शन नभएर ज्यान मुद्दामा पक्राउ गरिएको जनाइएको छ ।

धनुषा प्रहरीको सहयोगमा सिरहाबाट खटेको प्रहरीले उनलाई पक्राउ गरी सप्तरी पठाएको हो । उनलाई आजै घरबाट उठाएर सप्तरी लगिएको एक प्रहरीले जनाए । टिकटक भिडियोकै सन्दर्भमा एक युवतिलाई आत्महत्या गर्न बाध्य बनाएको मुद्दामा उनलाई पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ ।

उनलाई आज बिहान पक्राउ गरीएको जनाइएको छ । उनलाई युवतिलाई आत्महत्या दुरुत्साहनको मुद्दामा अनुसन्धानको लागि पक्राउ गरिएको जनाइएको छ ।

TikTok मा अश्लिल हर्कत गर्ने NewStar नामक टिकटोकर पक्राउ यसअघि उनी कैयौँ पटक पक्राउ परिसकेका छन् । उनलाई केही महिना अगाडी धनुषा प्रहरीले समेत अभद्रता प्रदर्शन गरेको भन्दै पक्राउ गरेको थियो ।

प्रकाशित : बैशाख २९, २०८३          ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

सामाजिक सञ्जालमा नक्कली पेस्तोल प्रदर्शन गर्ने युवक पक्राउ : विराटनगर JCNEPALMEDIA

राष्ट्र बैंकको गभर्नर तथा डेपुटी गभर्नर बाहिरबाट ल्याउने तयारी : JCNEPALMEDIA

हेडक्वार्टरले बदल्यो निर्णय, उपत्यका ट्राफिक प्रहरी प्रमुखमा सुरेश काफ्ले : JCNEPALMEDIA

लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, पाँच नयाँ मन्त्री नियुक्त : JCNEPALMEDIA

शुल्क विवादको बहानामा प्रहरी हिरासतभित्र इप्रका प्रमुखले गरे कुटपिट : सर्लाही JCNEPALMEDIA

टिकटकर तुलसा अधिकारीलाई हत्कडीसहित पुर्याए अदालत : JCNEPALMEDIA