बटसाबित्रि सावित्री र सत्यवान्को प्रेम कथा

जेष्ठ ०१,२०८३ / जेसी नेपाल संवाददाता

ज्येष्ठ औंसीमा बटसावित्री व्रत लिने चलन छ । यो व्रत कथा सावित्री र सत्यवान्को प्रेम कथामा आधारित छ । राजा अश्व पतिकी छोरी सावित्रीले जङ्गलमा बस्ने दृष्टिविहीन पिता दुमतसेनका पुत्र सत्यवान्लाई आफ्नो वर रोजेकी थिइन् ।

" पतिव्रता धर्मपत्नी या सावित्री सती सदा । यमराजादपि प्राणान् पति हेतुर्हरत्यसौ ॥"

जो पतिव्रता धर्मपत्नी सावित्री सदा सती रहिन्, ती आफ्ना पतिको खातिर यमराजबाट पनि प्राण फर्काउन सकिन्। सत्यवान्सँग निस्वार्थ प्रेममा रहेकी सावित्रीले आफ्नो महलका सबै सुख त्याग गरी जङ्गलमा बस्न थालिन् । सत्यवान् दाउरा काट्ने क्रममा रुखमाथि घाइते भएपछि मृत्युका देवता यमराज सत्यवान्को प्राण हर्न आएका थिए ।

आफ्नो निस्वार्थ प्रेमको प्रभावमा सावित्रीले यमराजलाई पनि फिर्ता पठाउन सफल हुन्छिन् । सत्यवान्को जीवन रक्षार्थ सावित्रीले देखाएकी आशक्ति र आलाप दुवै आजसम्म पनि उदाहरणका रूपमा लिइन्छ । आशा छ, एक दिन यमराज र सावित्रीबिच भएको संवादलाई कुनै लेखकले शब्दमा उतार्नेछन् । कालिदासको मेघदूत झैँ यो कृति पनि युगान्तसम्म रुचाइनेछ ।

यिनै सावित्रीको निस्वार्थ प्रेमको दृष्टान्तलाई बटसावित्री व्रतका रूपमा हरेक वर्ष ज्येष्ठ औंसीमा सम्झना गरिन्छ । विवाहित महिलाहरूले आजका दिन व्रत लिने चलन छ । पुरुषहरू ने आजका दिन आफ्नी पत्नीलाई उनीहरूको स्नेहका लागि धन्यवाद जनाउने चलन छ ।

प्रकाशित : जेष्ठ ०१, २०८३           ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

सामाजिक सञ्जालमा नक्कली पेस्तोल प्रदर्शन गर्ने युवक पक्राउ : विराटनगर JCNEPALMEDIA

राष्ट्र बैंकको गभर्नर तथा डेपुटी गभर्नर बाहिरबाट ल्याउने तयारी : JCNEPALMEDIA

हेडक्वार्टरले बदल्यो निर्णय, उपत्यका ट्राफिक प्रहरी प्रमुखमा सुरेश काफ्ले : JCNEPALMEDIA

लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, पाँच नयाँ मन्त्री नियुक्त : JCNEPALMEDIA

शुल्क विवादको बहानामा प्रहरी हिरासतभित्र इप्रका प्रमुखले गरे कुटपिट : सर्लाही JCNEPALMEDIA

टिकटकर तुलसा अधिकारीलाई हत्कडीसहित पुर्याए अदालत : JCNEPALMEDIA