शैलुङ घुम्न आएका युवकद्वारा नाबालिकामाथि जबरजस्ती करणी, धनुषाका युवक पक्राउ

जेष्ठ ०७,२०८३ / जेसी नेपाल संवाददाता

नाबालिकालाई जबरजस्ती करणी गरेको गम्भीर आरोपमा धनुषा, बटेश्वर गाउँपालिका–१ का २१ वर्षीय अन्जन लामालाई जिल्ला प्रहरी कार्यालय दोलखाले शैलुङ क्षेत्रबाट पक्राउ गरेको छ। प्रहरीका अनुसार युवक शैलुङ घुम्न आएका बेला एक किशोरीलाई विवाह गर्ने प्रलोभन देखाई करणी गरेको खुलासा भएपछि उनलाई नियन्त्रणमा लिइएको हो।

घटनासम्बन्धी कारबाही मुलुकी फौजदारी संहिता २०७४ को दफा ९ को उपदफा (६) अनुसार अघि बढाइएको छ। यसैक्रममा दोलखा जिल्ला अदालतबाट ६ गते पक्राउ स्वीकृति लिइएको र अदालतबाट ६ गते पक्राउ स्वीकृति लिइएको र ५ गतेदेखि लागू हुने गरी चार दिन म्याद थप गरिएको प्रहरी निरीक्षक तथा प्रवक्ता श्रीराम तिमल्सिनाले जानकारी दिनुभयो।

हाल करणीसम्बन्धी कसूरमा विस्तृत अनुसन्धान जारी रहेको र आवश्यक थप कानुनी प्रक्रिया अघि बढाइने प्रहरीको भनाइ छ।

प्रकाशित : जेष्ठ ०७, २०८३           ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

सामाजिक सञ्जालमा नक्कली पेस्तोल प्रदर्शन गर्ने युवक पक्राउ : विराटनगर JCNEPALMEDIA

राष्ट्र बैंकको गभर्नर तथा डेपुटी गभर्नर बाहिरबाट ल्याउने तयारी : JCNEPALMEDIA

हेडक्वार्टरले बदल्यो निर्णय, उपत्यका ट्राफिक प्रहरी प्रमुखमा सुरेश काफ्ले : JCNEPALMEDIA

लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, पाँच नयाँ मन्त्री नियुक्त : JCNEPALMEDIA

शुल्क विवादको बहानामा प्रहरी हिरासतभित्र इप्रका प्रमुखले गरे कुटपिट : सर्लाही JCNEPALMEDIA

टिकटकर तुलसा अधिकारीलाई हत्कडीसहित पुर्याए अदालत : JCNEPALMEDIA