घर बचाउन आन्दोलनको घोषणा,१६ सदस्य संघर्ष समिति गठन : JCNEPALMEDIA

जेष्ठ १६,२०८३ / जेसी नेपाल संवाददाता

महोत्तरी : गौशाला नगरपालिकाले कित्ता नं. ११५, ११६ र ११७ नम्बरको जग्गामा निर्मित घर भत्काउने अन्तिम तयारी गरिरहेको समयमा स्थानीयहरू बचाउन सशक्त भूमिका निर्वाह गरेका छन्।

गौशाला नगरपालिकाको कार्यालयले पछिल्लो समयमा उठाउँदै आएको कदमको विरोधमा स्थानीयहरूले क्रमिक रूपमा आन्दोलन परिचालन गर्नका लागि समिति गठन गरिएको छ। शनिबार बसेको बैठकले स्थानीय देवनारायण महतोको अध्यक्षतामा १६ सदस्यीय संघर्ष समिति गठन गरिएको हो। हिजो नगरको निर्णयको विरोधमा नाराबाजी गरेका स्थानीयहरूले आजदेखि संघर्ष समितिमार्फत आन्दोलन परिचालन गरिने निर्णय गरिएको समितिका सदस्य नरेश सिंह कुशवाहाले बताए।

उनले भने, ‘वर्षौदेखि आवासीय रूपमा आफूहरू यहाँ बस्दै आएको छु। यस जग्गामा निर्मित घर हटाउनका नगरले चालेको अवैधानिक कदमको विरोधमा अब आन्दोलनको परिचालन भइसकेको छ।’ उक्त संघर्ष समितिले आइतबार बिहान ७ बजेदेखि बिहान १० बजेसम्म बजार बन्द गरी विरोध गरिने स्थानीय जगदिश प्रसाद गुप्ताले जानकारी दिए।

क्रमिक रूपमा आन्दोलनको कार्यक्रम घोषणा गरी उक्त निर्णय फिर्ता गराउनका लागि नगरलाई बाध्य तुल्याउने गुप्ताले बताए। गौशाला बजारको कित्ता नं. ११५ मा ३४ घरपरिवार बसोबास गर्दै आएका छन्।

प्रकाशित : जेष्ठ १६, २०८३          ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

सामाजिक सञ्जालमा नक्कली पेस्तोल प्रदर्शन गर्ने युवक पक्राउ : विराटनगर JCNEPALMEDIA

राष्ट्र बैंकको गभर्नर तथा डेपुटी गभर्नर बाहिरबाट ल्याउने तयारी : JCNEPALMEDIA

हेडक्वार्टरले बदल्यो निर्णय, उपत्यका ट्राफिक प्रहरी प्रमुखमा सुरेश काफ्ले : JCNEPALMEDIA

लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, पाँच नयाँ मन्त्री नियुक्त : JCNEPALMEDIA

शुल्क विवादको बहानामा प्रहरी हिरासतभित्र इप्रका प्रमुखले गरे कुटपिट : सर्लाही JCNEPALMEDIA

टिकटकर तुलसा अधिकारीलाई हत्कडीसहित पुर्याए अदालत : JCNEPALMEDIA