महोत्तरीकाे बलात्कार घटनामा १० वर्षीय बालक दोषी ठहर, अदालतले सुनायो ६ महिना जेल,७ लाख जरीवाना : JCNEPALMEDIA

जेष्ठ १८,२०८३ / जेसी नेपाल संवाददाता

जनकपुरधाम : महोत्तरीमा १० वर्षीय बालकले बलात्कार गरेको ठहर भएको छ । उनले ७ वर्षीया एक बालिकालाई बलात्कार गरेको महोत्तरी जिल्ला अदालतले पुष्टि गरेको हो । उक्त घटनामा अभियुक्त बालकलाई ६ महिनाको जेल सजाय र ७ लाख रुपैयाँ जरिवानाको आदेश गरेको छ। २०८१ पुस ९ गते साँझ गाउँमा खेलिरहेकी ती बालिकालाई उक्त बालकले ‘खेल्न जाऔँ’ भन्दै गाउँ नजिकै रहेको परालको टालतर्फ लगेर बलात्कार गरेका थिए ।

घटनापछि स्थानीय महिलाले बालिकाको चिच्याहट सुनेपछि घटनाबारे थाहा पाएको र त्यसपछि बालक त्यहाँबाट भागेको विवरण अदालतको फैसलामा उल्लेख गरिएको छ। बालिका त्यसपछि अस्वस्थ अवस्थामा फेला परेकी थिइन् र परिवारले तत्काल उपचारका लागि अस्पताल पुर्‍याएको थियो। घटना लगतै पीडित बालिकाको परिवारले प्रहरीमा उजुरी दिएपछि अनुसन्धान सुरु भएको थियो । अनुसन्धानका क्रममा बालकले प्रहरीसमक्ष घटनामा आफ्नो संलग्नता रहेको स्वीकार गरे पनि अदालतमा बयान दिने क्रममा उनले आरोप अस्वीकार गर्दै आफूलाई झुट्टा मुद्दामा फसाइएको दाबी गरेका थिए। यद्यपि अदालतले अनुसन्धानकालीन बयान, पीडितको सुसंगत बयान, घटनास्थल मुचुल्का, चिकित्सकीय प्रतिवेदन र परिस्थितिजन्य प्रमाणका आधारमा कसुर पुष्टि भएको निष्कर्ष निकालेको हो।

अदालतले कैद सजाय र जरिवानाको आदेश गरे पनि घटनाको संवेदनशीलतालाई हेर्दै आरोपित बालक नाबालक रहेका कारण उनको कैद सजाय स्थगन गरी अभिभावकको जिम्मा लगाउने र पीडित बालिकालाई क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने रकम पीडित राहत कोषबाट भराउने फैसला गरेको छ। अभियुक्त बालक अत्यन्त कमजोर आर्थिक अवस्थाको परिवारबाट आएको फैसलामा उल्लेख छ । उनका अभिभावक दैनिक ज्याला मजदुरी गरेर गुजारा चलाउने अवस्थामा छन।

यस्तो अवस्थामा बालकलाई बालसुधार गृह पठाउनुभन्दा अभिभावकको निगरानीमा राखेर सुधारको अवसर दिनु उपयुक्त हुने निष्कर्ष अदालतले निकालेको छ। अदालतले अपराध पुष्टि गरेर सजाय तोकेको तर अभियुक्त बालकको उमेर, मानसिक अवस्था र भविष्यलाई ध्यानमा राख्दै सजाय कार्यान्वयन स्थगन गर्ने नेपालमै सम्भवतः यो पहिलो घटना हो । त्यसमाथि पीडितको राहत रकम राज्यले व्यहोर्ने आदेश हुनु झन् दुर्लभ मानिएको छ। फाएजा फहमीदा फाएजा फहमीदा सामाजिक फीडकी संवाददाता हून् ।

प्रकाशित : जेष्ठ १८, २०८३           ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

सामाजिक सञ्जालमा नक्कली पेस्तोल प्रदर्शन गर्ने युवक पक्राउ : विराटनगर JCNEPALMEDIA

राष्ट्र बैंकको गभर्नर तथा डेपुटी गभर्नर बाहिरबाट ल्याउने तयारी : JCNEPALMEDIA

हेडक्वार्टरले बदल्यो निर्णय, उपत्यका ट्राफिक प्रहरी प्रमुखमा सुरेश काफ्ले : JCNEPALMEDIA

लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, पाँच नयाँ मन्त्री नियुक्त : JCNEPALMEDIA

शुल्क विवादको बहानामा प्रहरी हिरासतभित्र इप्रका प्रमुखले गरे कुटपिट : सर्लाही JCNEPALMEDIA

टिकटकर तुलसा अधिकारीलाई हत्कडीसहित पुर्याए अदालत : JCNEPALMEDIA