वीरेन्द्रनगरको एक पसलमा प्रहरीको छापा, ठूलो परिमाणमा सुन र नगद फेला

जेष्ठ १८,२०८३ / जेसी नेपाल संवाददाता

जनकपुरधाम : सुर्खेतको एक पसलबाट प्रहरीले ठुलो परिमाणमा सुनका गहना र भारतीय रुपैयाँ फेला परेको छ। कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार वीरेन्द्रनगर–६ तल्लोबजारस्थित श्याम सुन्दर अग्रवालको कपडा पसलमा प्रहरीले छापा हानेर सुनका गहना र करिब सात लाख भारु बरामद गरेको हो।

अग्रवालले सुनका गहना धितो राखेर चर्को ब्याजमा ऋण लगाउने गरेको कर्णाली प्रदेश प्रहरीका प्रवक्ता एसएसपी रामप्रकाश शाहले नेपालखबरलाई बताए। उक्त सूचनाका आधारमा सोमबार अपराह्न छापा मारेको प्रहरीले ७ लाखजति भारतीय रुपैयाँ र विभिन्न किसमका सुनका गहना बरामद गरेको हो।

अहिले बरामद सामान मुचुल्का गर्न स्थानीय जनप्रतिनिधि, जिल्ला प्रशासन, आन्तरिक राजस्व कार्यालय, सुनचाँदी व्यवसायी र उद्योग वाणिज्य संघका प्रतिनिधिलाई बोलाइएको छ। एक किलो बढि सुन भएको अनुमान गरिए पनि गहना भएकाले एकीन भने हुन बाँकी रहेको प्रहरीको भनाई छ।

प्रकाशित : जेष्ठ १८, २०८३            ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

सामाजिक सञ्जालमा नक्कली पेस्तोल प्रदर्शन गर्ने युवक पक्राउ : विराटनगर JCNEPALMEDIA

राष्ट्र बैंकको गभर्नर तथा डेपुटी गभर्नर बाहिरबाट ल्याउने तयारी : JCNEPALMEDIA

हेडक्वार्टरले बदल्यो निर्णय, उपत्यका ट्राफिक प्रहरी प्रमुखमा सुरेश काफ्ले : JCNEPALMEDIA

लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, पाँच नयाँ मन्त्री नियुक्त : JCNEPALMEDIA

शुल्क विवादको बहानामा प्रहरी हिरासतभित्र इप्रका प्रमुखले गरे कुटपिट : सर्लाही JCNEPALMEDIA

टिकटकर तुलसा अधिकारीलाई हत्कडीसहित पुर्याए अदालत : JCNEPALMEDIA