अवैध रुपमा नामका अघि ‘डाक्टर’ लेख्नेलाई कारबाही हुने : JCNEPALMEDIA

जेष्ठ २३,२०८३ / जेसी नेपाल संवाददाता

काठमाण्डौ : नेपाल मेडिकल काउन्सिलले अवैध रुपमा नामका अघि ‘डाक्टर’ लेख्नेहरूलाई कारबाही गर्ने चेतावनी दिएको छ ।

काउन्सिलले विज्ञप्ति निकालेर अवैध रुपमा ‘डाक्टर’ लेख्ने व्यक्तिलाई कारबाही गर्ने चेतावनी दिएको हो । यसअघि काउन्सिलले जेठ ७ गते सूचना निकालेर गैरकानुनी रुपमा डाक्टरको उपाधि नलेख्न आग्रह गरेको थियो । अब त्यस्तो लेखेको पाइएमा कारबाही गर्ने काउन्सिलले जनाएको छ ।

ऐन विपरीत अवैध रुपमा चिकित्सकको डा. उपाधि प्रयोग गरेको वा त्यो उपाधिको आडमा बिरामी जाँच्ने र परामर्श दिने जस्ता गतिविधिबारे जानकार जोकोही नागरिक, बिरामी, स्वास्थ्य संस्था, सञ्चार माध्यम तथा सरोकारवाला निकायलाई प्रमाण वा विवरणसहितको उजुरी दर्ता पनि काउन्सिलले आग्रह गरेको छ ।

यसरी आएको उजुरीमाथि छानबिन गरी कारबाही गरिने काउन्सिलले जनाएको छ ।

प्रकाशित : जेष्ठ २३, २०८३         ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

सामाजिक सञ्जालमा नक्कली पेस्तोल प्रदर्शन गर्ने युवक पक्राउ : विराटनगर JCNEPALMEDIA

राष्ट्र बैंकको गभर्नर तथा डेपुटी गभर्नर बाहिरबाट ल्याउने तयारी : JCNEPALMEDIA

हेडक्वार्टरले बदल्यो निर्णय, उपत्यका ट्राफिक प्रहरी प्रमुखमा सुरेश काफ्ले : JCNEPALMEDIA

लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, पाँच नयाँ मन्त्री नियुक्त : JCNEPALMEDIA

शुल्क विवादको बहानामा प्रहरी हिरासतभित्र इप्रका प्रमुखले गरे कुटपिट : सर्लाही JCNEPALMEDIA

टिकटकर तुलसा अधिकारीलाई हत्कडीसहित पुर्याए अदालत : JCNEPALMEDIA