वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ JCNEPALMEDIA

जेष्ठ ३०,२०८३ / जेसी नेपाल संवाददाता

काठमाडौं : काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको प्रहरी टोलीले वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने र आकर्षक तलब दिलाउने प्रलोभन देखाई लाखौँ रुपैयाँ ठगी गरेको अभियोगमा चार जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा सुर्खेत घर भई काठमाडौं बुढानिलकण्ठ बस्ने ३४ वर्षीय सुनिल पौडेल, सिन्धुपाल्चोक घर भई भक्तपुर बस्ने २२ वर्षीय अनुप भण्डारी, जाजरकोट घर भई ललितपुर बस्ने ३४ वर्षीया कबिता सिंह र धादिङ घर भई काठमाडौं चन्द्रागिरी बस्ने २५ वर्षीय बिशु राई रहेका छन्। प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिहरूले पीडितहरूलाई पोल्याण्ड, कुक आइसल्याण्ड, अमेरिका र क्रोएसिया जस्ता देशहरूमा पठाइदिने आश्वासन दिएर ठूलो रकम असुल गरी सम्पर्कविहीन भएका थिए।

जसमध्ये सुनिल पौडेलले पोल्याण्ड पठाइदिने भन्दै ३ जनाबाट २४ लाख १७ हजार रुपैयाँ, अनुप भण्डारीले कुक आइसल्याण्डका लागि १ जनाबाट ३५ लाख ५० हजार रुपैयाँ, कबिता सिंहले अमेरिका पठाइदिने बहानामा १ जनाबाट ३ लाख ७२ हजार रुपैयाँ र बिशु राईले क्रोएसिया पठाइदिन्छु भन्दै ४ जना पीडितहरूबाट ३ लाख ५० हजार रुपैयाँ ठगी गरेको उजुरी परेको थियो।

पीडितहरूको सोही उजुरीका आधारमा खटिएको प्रहरी टोलीले बिहीबार सुनिललाई बुढानिलकण्ठ र अनुपलाई काठमाडौं महानगरपालिका-११ बाट तथा शुक्रबार कबितालाई ललितपुर र बिशुलाई काठमाडौं महानगरपालिका-१२ बाट पक्राउ गरेको हो। पक्राउ परेका चारै जनालाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।

प्रकाशित : जेष्ठ ३०,२०८३        ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

मधेशमा मन्त्री फेरबदल गरी सरकार टिकाउने तयारी,स्वास्थ्यमन्त्री जंगीलाल हटाएर बीरेन्द्रलाई मन्त्री बनाउने दाउमा : JCNEPALMEDIA

दक्षिण भारतीय राज्य तमिलनाडुको राजनीतिमा ठूलो उथलपुथल : JCNEPALMEDIA

आजबाट संसद् अधिवेशन शुरू, तीन अध्यादेश पेस हुँदै : JCNEPAL MEDIA

प्रधान न्यायाधीश नियुक्तिकाे अधार , वरिष्ठता र याेग्यता : JCNEPAL MEDIA

भागबन्डाको खेलले सुशासन परे थला ,अब रास्वपालाई ऐतिहासिक परीक्षा : JCNEPAL MEDIA

भागबन्डाको खेलले सुशासन परे थला ,अब रास्वपालाई ऐतिहासिक परीक्षा : JCNEPAL MEDIA