सीताराम विवाह पञ्चमी: जनकपुरमा तीन दिन माछा, मासु र मदिरा निषेध

जनकपुरधाम । सीता-राम विवाह पञ्चमी महोत्सवको अवसरमा जनकपुरधाममा माछा मासुजन्य पदार्थ र मदिरामा प्रशासनले प्रतिबन्ध लगाएको छ ।जिल्ला प्रशासन कार्यालय धनुषाले आजबाट जनकपुरधाममा माछा मासुजन्य पदार्थ र मदिराको खरिद विक्री, सेवन तथा ओसार पोसर गर्न प्रतिबन्ध लगाएको सूचना जारी गरेको हो ।जनकपुरधामको मिथिला अन्तरगृही परिक्रमा क्षेत्रभित्र माँस र मंदिरा लगायतका मादक पदार्थ तथा पशुपंक्षी मारकाट र मासुको उत्पादन विक्रि वितरण ओसार पोसार र सेवन निषेध गरिएको छ( सूचनामा भनिएको छ ।विवाह पञ्चमी महामहोत्सव २०७९ मंसिर १२ गते भव्य रुपमा मनाउने भएकाले १२ गते आदेश विपरित निषेधित क्षेत्रमा पशुपंक्षी मारकाट माछामासु तथा मादक पदार्थको विक्रि वितरण तथा सेवन गरिएको पाईएमा प्रचलित कानून बमोजिम कारवाही गरिने प्रशासनले चेतावनी समेत दिएको छ।साभार : नेपाल प्रेस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

मधेशमा मन्त्री फेरबदल गरी सरकार टिकाउने तयारी,स्वास्थ्यमन्त्री जंगीलाल हटाएर बीरेन्द्रलाई मन्त्री बनाउने दाउमा : JCNEPALMEDIA

दक्षिण भारतीय राज्य तमिलनाडुको राजनीतिमा ठूलो उथलपुथल : JCNEPALMEDIA

आजबाट संसद् अधिवेशन शुरू, तीन अध्यादेश पेस हुँदै : JCNEPAL MEDIA

प्रधान न्यायाधीश नियुक्तिकाे अधार , वरिष्ठता र याेग्यता : JCNEPAL MEDIA

भागबन्डाको खेलले सुशासन परे थला ,अब रास्वपालाई ऐतिहासिक परीक्षा : JCNEPAL MEDIA

भागबन्डाको खेलले सुशासन परे थला ,अब रास्वपालाई ऐतिहासिक परीक्षा : JCNEPAL MEDIA