सरकारले महाकाली नदीकाे विषयमा भारतसँग कूटनीतिक संवाद अघि बढाउने

काठमाडाैं,२० मंसिर । नेपाल सरकारले महाकाली नदीकाे विषयमा भारतसँग कूटनीतिक संवाद अघि बढाउने भएकाे छ। सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले महाकाली नदीमा भारतीय पक्षले बनाइरहेको संरचनाको सन्दर्भमा द्विपक्षीय छलफल हुने बताएका हुन्। प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको बैठकमा एकीकृत समाजवादीका महासचिव डा. वेदुराम भुसालले भारतीय पक्षबाट महाकाली नदीको बहाव नै प्रभावित हुनेगरी संरचना निर्माण गरिरहेको प्रधानमन्त्री शेरबहादुर देउवासँग राय मागेका थिए।भारतले तटवन्धन बनाएर महाकाली नदकाे धार परिवर्तन गरेकाे विषयमा चाैतर्फी अावाज उठेपछि सरकारले त्यसप्रति केही चासाे देखाएकाे हाे । भारतले महाकालीमा सधै किचलाे मच्चाउँदै अाएकाे छ ।साभार : स्पेसखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

मधेशमा मन्त्री फेरबदल गरी सरकार टिकाउने तयारी,स्वास्थ्यमन्त्री जंगीलाल हटाएर बीरेन्द्रलाई मन्त्री बनाउने दाउमा : JCNEPALMEDIA

दक्षिण भारतीय राज्य तमिलनाडुको राजनीतिमा ठूलो उथलपुथल : JCNEPALMEDIA

आजबाट संसद् अधिवेशन शुरू, तीन अध्यादेश पेस हुँदै : JCNEPAL MEDIA

प्रधान न्यायाधीश नियुक्तिकाे अधार , वरिष्ठता र याेग्यता : JCNEPAL MEDIA

भागबन्डाको खेलले सुशासन परे थला ,अब रास्वपालाई ऐतिहासिक परीक्षा : JCNEPAL MEDIA

भागबन्डाको खेलले सुशासन परे थला ,अब रास्वपालाई ऐतिहासिक परीक्षा : JCNEPAL MEDIA