जसपाका दुई अध्यक्षबीच मतभेद

धरान । जनता समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र  यादव र  संघिय परिषद् अध्यक्ष अशोक राईबीच मतभिन्ता देखिएको छ । मंसिर ४ गतेको निर्वाचनमा एमालेसँग सहकार्य गरेर गएको जसपाका अध्यक्ष र संघिय परिषद् अध्यक्षबीच मतभिन्नता देखिएकामे हो । पार्टी अध्यक्ष उपेन्द्र यादवले चुनाव लगत्तै एमालेसँगको तालमेल सकिएको बताएका थिए । संघीय परिषद अध्यक्ष अशोक कुमार राईले भने  यादवको व्यक्तिगत धारणा भएको बताएका छन् । उनले एमालेसँगको तालमेल नसकिएको बताए ।एमालेसँगको तालमेल सकिएको भनेर अध्यक्ष यादवले दिएको अभिव्यक्तिबारे राखिएको जिज्ञासामा राईले भने,‘यो उहाँको (अध्यक्ष उपेन्द्र यादवको) व्यक्तिगत धारणा हो ।’

एमालेसँगको सहकार्य जारी  रहने उनले बताए ।

‘यो चाहिँ उहाँको व्यक्तिगत धारणा हो । किनभने उहाँले नै सही गर्नु भएको कागजमा निर्वाचन पछि पनि यो तालमेल जारी रहन्छ भन्ने कुरा उल्लेख भएको छ । तर यसपटकको निर्वाचनले पनि कुनै एउटा पार्टीलाई बहुमत दिएको अवस्था छैन, यस्तो स्थितिमा कसरी जाने भनेर सम्बन्धमा हामीले छलफल गर्न जरुरी छ,’ उनले भने ,‘ हामी छलफल गर्छौं । हामीले परिस्थिति हेरेर मुलुकमा अस्थिरता नबढोस्, स्थिर सरकार दिन सकियोस् र जनताको सेवा गर्ने अनुकूल वातावरण नै बनाउन सकियोस् भन्ने सम्बन्धमा हाम्रो जोड रहन्छ ।"साभार : कोसी अनलाइन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

मधेशमा मन्त्री फेरबदल गरी सरकार टिकाउने तयारी,स्वास्थ्यमन्त्री जंगीलाल हटाएर बीरेन्द्रलाई मन्त्री बनाउने दाउमा : JCNEPALMEDIA

दक्षिण भारतीय राज्य तमिलनाडुको राजनीतिमा ठूलो उथलपुथल : JCNEPALMEDIA

आजबाट संसद् अधिवेशन शुरू, तीन अध्यादेश पेस हुँदै : JCNEPAL MEDIA

प्रधान न्यायाधीश नियुक्तिकाे अधार , वरिष्ठता र याेग्यता : JCNEPAL MEDIA

भागबन्डाको खेलले सुशासन परे थला ,अब रास्वपालाई ऐतिहासिक परीक्षा : JCNEPAL MEDIA

भागबन्डाको खेलले सुशासन परे थला ,अब रास्वपालाई ऐतिहासिक परीक्षा : JCNEPAL MEDIA