रणवीर र दीपिकाको सम्बन्ध संकटमा !

मुम्बई। बलिउडमा अभिनेता रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोणको जोडी फ्यान तथा फिल्मकर्मीमाझ रुचाइएको जोडीमा पर्दछन्। एक दशकदेखिको प्रेमलाई विवाहमा पूर्णता दिएका यो जोडीको पछिल्लो समय सम्बन्ध बिग्रँदै गएको चर्चा पनि नचलेको होइन। भलै उनीहरूले सार्वजनिक रुपमा सम्बन्धको बारेमा मुख नखोले पनि सामाजिक सञ्जालमा भने खण्डन गरिरहे।तर, अहिले भने पुनः उनीहरूको सम्बन्ध बिग्रँदै गएको खबर बाहिर आएको छ। सामाजिक सञ्जालमार्फत् आफ्नो सम्बन्ध सुमधुर रहेको दाबी गर्ने यो जोडीको सामाजिक सञ्जाल गतिविधि हेर्दा फ्यान र फिल्मकर्मीले यही अनुमान लगाएका छन्।दीपिका र रणवीरको डिभोर्सको हल्ला चलिरहँदा यो जोडी कैयौं सार्वजनिक कार्यक्रममा हात समातेर उपस्थित भएका थिए। क्यामराको अगाडि उनीहरूको पोज हेर्न लायक थियो।तर, अहिले भने उनीहरुको यो सबै गतिविधि केवल मिडियाबाजी मात्र रहेको आरोप उनीहरुका फ्यानले सामाजिक सञ्जालमार्फत नै लगाउन थालेका छन्। भित्री रुपमा सम्बन्ध बिग्रिए पनि सामाजिक सञ्जाल र मिडियामाझ राम्रो देखिनका लागि मात्र सम्बन्ध सुधारेको उनीहरुको बुझाइ छ।सामाजिक सञ्जालमा सक्रिय रहने यो जोडीले पछिल्लो समयमा कमै मात्र सँगै रहेको तस्बिर राख्ने गरेका छन्। दिवालीदेखि ठूला चाडपर्वमा अधिकांश जोडीले जोडी तस्वीर राखे पनि दीपिका र रणवीरले भने एकअर्काको तस्वीर राखेका छैनन्। आफ्नो वैवाहिक वार्षिकोत्सवमा पनि यो जोडीले सामाजिक सञ्जालमा तस्वीर राखेनन्। नयाँ वर्षमा पनि उनीहरुको तस्वीर देखिएन। कतिसम्म भने दीपिका पादुकोणको जन्मदिनमा समेत रणवीरले केही पोस्ट गरेनन्।साभार : डिसी नेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

मधेशमा मन्त्री फेरबदल गरी सरकार टिकाउने तयारी,स्वास्थ्यमन्त्री जंगीलाल हटाएर बीरेन्द्रलाई मन्त्री बनाउने दाउमा : JCNEPALMEDIA

दक्षिण भारतीय राज्य तमिलनाडुको राजनीतिमा ठूलो उथलपुथल : JCNEPALMEDIA

आजबाट संसद् अधिवेशन शुरू, तीन अध्यादेश पेस हुँदै : JCNEPAL MEDIA

प्रधान न्यायाधीश नियुक्तिकाे अधार , वरिष्ठता र याेग्यता : JCNEPAL MEDIA

भागबन्डाको खेलले सुशासन परे थला ,अब रास्वपालाई ऐतिहासिक परीक्षा : JCNEPAL MEDIA

भागबन्डाको खेलले सुशासन परे थला ,अब रास्वपालाई ऐतिहासिक परीक्षा : JCNEPAL MEDIA