विपिन जोशीको रिहाइका लागि सांसदहरूको प्यालेस्टाइन भ्रमण राख्न माँग गरे : सांसद प्रेम सुवाल

१४ मंशिर २०८० / जेसी नेपाल संवाददाता

काठमाडौं : नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले प्यालेस्टाइनको हमास समूहले बन्दी बनाएका विपिन जोशीको रिहाइका लागि सांसदहरूको प्यालेस्टाइन भ्रमणको व्यवस्था गर्न माग गरेका छन् ।

बिहीबार प्रतिनिधिसभा अन्तर्गत रहेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले युरोपियन युनियनका सदस्य युद्धका बेला पनि केहि दिन अघि प्यालेस्टाइन गएको बताउँदै दुई तीन जना मात्रै भए पनि सांसदहरूको टोली प्यालेस्टाइन जाने व्यवस्था गर्न माग गरे ।

उनले प्यालेस्टाइनसँग कसरी सम्पर्क राखेर सम्बन्ध अघि बढाउनुपर्नेमा जोड दिए । समितिले इजरायल र प्यालेस्टाइनबीच स्थायी युद्ध बिरामको पक्षमा विज्ञप्ति जारी गर्न माग गरे । जवाफमा समिति सभापति राजकिशोर यादवले अहिले प्यालेस्टाइन जान व्यवहारिक र आर्थिक रूपमा पनि सम्भव नभएको पनि बताए ।

समितिले नीतिगत विषयमा मात्रै छलफल गर्न सक्ने बताउँदै कूटनैतिक हिसाबले पनि प्यालेस्टाइन जान नमिल्ने बताए ।

सांसद सुवालले संयुक्त राष्ट्र सङ्घले गर्ने भोटिङ प्रक्रियामा नेपालले प्यालेस्टाइनको पक्षमा मत दिन पनि माग गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

मधेशमा मन्त्री फेरबदल गरी सरकार टिकाउने तयारी,स्वास्थ्यमन्त्री जंगीलाल हटाएर बीरेन्द्रलाई मन्त्री बनाउने दाउमा : JCNEPALMEDIA

दक्षिण भारतीय राज्य तमिलनाडुको राजनीतिमा ठूलो उथलपुथल : JCNEPALMEDIA

आजबाट संसद् अधिवेशन शुरू, तीन अध्यादेश पेस हुँदै : JCNEPAL MEDIA

प्रधान न्यायाधीश नियुक्तिकाे अधार , वरिष्ठता र याेग्यता : JCNEPAL MEDIA

भागबन्डाको खेलले सुशासन परे थला ,अब रास्वपालाई ऐतिहासिक परीक्षा : JCNEPAL MEDIA

भागबन्डाको खेलले सुशासन परे थला ,अब रास्वपालाई ऐतिहासिक परीक्षा : JCNEPAL MEDIA