कांग्रेसमा निधि र यादवको वर्चस्वको लडाई

१५ मंशिर २०८० / जेसी नेपाल संवाददाता

धनुषा : नेपाली कांग्रेस धनुषा निर्वाचन क्षेत्र नम्बर तीनमा केन्द्रीय महासमिति सदस्यका लागि आज निर्वाचन हुने भएको छ ।

यहाँ नेपाली कांग्रेसका पूर्व उप–सभापति बिमलेन्द्र निधि र नेता राम सरोज यादवबीच बर्चस्वको लडाई देखिएको छ । अन्य सीटहरुमा सर्वसम्मत भए पनि मधेशी कोटामा भने चुनाव हुने भएको छ । दुबै पक्ष आफूले जित्ने दाबी समेत गरेका छन् ।

निधि गुटबाट नेता शिवचन्द्र चौधरी, जनकपुरधाम उप–महानगर पालिकाका उप–मेयर किशोरी साह चुनावी मैदानमा छन् भने यादव गुटबाट जीवनाथ चौधरी र रामबाबु यादव रहेका छन् । हुन त मधेशी कोटामा पनि सर्वसम्मत निर्णय गर्ने तयारी गरिएको थियो तर, जीवनाथ चौधरीलाई लिएर यहाँ चुनाव भएको छ ।

नेता निधि चौधरीलाई महासमिति सदस्य बन्नबाट रोक्नका लागि प्रयासरत रहेका छन् । पहिले मधेशी कोटामा संजय गुप्तालाई ल्याउने तयारी गरेका नेता निधि पछि आफ्नो नाम फिर्ता लिएर गुप्तालाई खुल्लाबाट महासमिति सदस्य बनाए ।

गुप्ता निधिका प्रिय मानिएका छन् । नेता यादव र चौधरी पनि निधिका प्रिय पात्रहरु नै छन् तर यहाँ वर्चस्वका बिषय बनेका कारण यिनीहरु बीच दूरी बढ्दै गएको छ ।

चौधरीलाई रोक्नका लागि नेता निधिले गुप्तालाई खुल्लाबाट महासमिति सदस्य बनाएको नेपाली कांग्रेसका नेताहरुको भनाइ छ ।

तर, नेता यादव भने कुनै पनि हालतमा चौधरीलाई महासमिति सदस्य बनाउने तयारी थालेका छन् । धनुषा निर्वाचन क्षेत्र नम्बर ३ का विभिन्न ३८ वटा वडाका करिब साढे ६ सय डेलिगेटको घर घरमा नेता यादव पुगि सकेका छन् ।

सधैभरि नेता निधिलाई नेता मान्ने तर उनले कसैलाई पनि नमान्ने, ग्रासरुटका नेताहरु भन्दा बढी ठेकेदार पैसावाललाई नेता मान्न बाध्य तुल्याउने परिपाटीका विरुद्धमा आपूmले प्रयास थालेको भन्दै नेता यादवले चौधरीको पक्षमा वकालत गर्दै हिडेका छन् । बिहीबार नगराइनमा हुने निर्वाचन विहान ९ बजे देखि ३ बजे सम्म चल्ने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

मधेशमा मन्त्री फेरबदल गरी सरकार टिकाउने तयारी,स्वास्थ्यमन्त्री जंगीलाल हटाएर बीरेन्द्रलाई मन्त्री बनाउने दाउमा : JCNEPALMEDIA

दक्षिण भारतीय राज्य तमिलनाडुको राजनीतिमा ठूलो उथलपुथल : JCNEPALMEDIA

आजबाट संसद् अधिवेशन शुरू, तीन अध्यादेश पेस हुँदै : JCNEPAL MEDIA

प्रधान न्यायाधीश नियुक्तिकाे अधार , वरिष्ठता र याेग्यता : JCNEPAL MEDIA

भागबन्डाको खेलले सुशासन परे थला ,अब रास्वपालाई ऐतिहासिक परीक्षा : JCNEPAL MEDIA

भागबन्डाको खेलले सुशासन परे थला ,अब रास्वपालाई ऐतिहासिक परीक्षा : JCNEPAL MEDIA