एसइइ परिक्षा बरकुर्वाकाे सेन्टर विवाद सम्पन्न

चैत्र १२, २०८०/ जेसी नेपाल सम्वाददाता

धनुषा : एसइइ परिक्षा बरकुर्वाकाे सेन्टर र केन्द्राध्यक्ष काे विवाद सम्पन्न भएको छ । शिक्षक संघमा आबद्ध प्रअ बैजु साह विवादित भएकोले संयुक्त शिक्षक माेर्चा केन्द्राअध्यक्ष बाट हटाउनु पर्ने माँग थियोे ।

तर , शिक्षक संघले त्यही बैजु साहलाई केन्द्राध्यक्ष बनाई बरकुर्वा नै सेन्टर राख्नु पर्ने अडानले गर्दा विवाद भएको थियो । साथै , शिक्षक संघले एसइइ परीक्षा बहिष्कार गर्ने चेतावनी सहितको विज्ञप्ति समेत निकालेका थिए । दुबै ,पक्षले शिक्षा समिति र प्रमुख जिल्ला अधिकारी सम्म डेलिगेशन आलो- पालो गरेर धाइरहेका थिए ।

तर, शिक्षा समितिले विवादित सेन्टरलाई एक बर्षका लागि ठिला स्कुलमा सारेको निर्णय गरेकाे हुदा शिक्षक संघकाे माँगलाई सम्वाेधन गर्न सकेन । साथै , दुबै पक्षलाई समन्वय धनुषा प्रमुख जिल्ला अधिकारीले गराएर ठिला सेन्टर नै कायम गराएका थिए ।

यस निर्णयमा शिक्षक संघ र संयुक्त शिक्षक माेर्चाकाे जित भएको बुझिन्छ , किनकि दुबै पक्ष शिक्षक र विद्यार्थीकाे हकहितकालागि संगठनकाे रूपमा काम गरिरहेका छन । शिक्षा समितिले विद्यार्थीहरूकाे पाइक पर्ने ठाउमा नै एसइइकाे सेन्टर सारिएको छ ।

प्रकाशित : चैत्र ११,२०८० ०५: १५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

आजबाट संसद् अधिवेशन शुरू, तीन अध्यादेश पेस हुँदै : JCNEPAL MEDIA

प्रधान न्यायाधीश नियुक्तिकाे अधार , वरिष्ठता र याेग्यता : JCNEPAL MEDIA

भागबन्डाको खेलले सुशासन परे थला ,अब रास्वपालाई ऐतिहासिक परीक्षा : JCNEPAL MEDIA

भागबन्डाको खेलले सुशासन परे थला ,अब रास्वपालाई ऐतिहासिक परीक्षा : JCNEPAL MEDIA

धनुषा१ काे निर्वाचन घटनामा रास्वपा उम्मेदवार किशोरी साह(कमल)को रिटमा सुनुवाइ सकियो : JCNEPAL MEDIA

बालेनलाई प्रधानमन्त्री बनाउन रास्वपाको विधान भए बाधक : JCNEPAL MEDIA