कतारका राजाको भ्रमणमा मंगलबार विदा

बैशाख ८ ,२०८०/ जेसी नेपाल सम्वाददाता

काठमाडौं : कामन्त्रिपरिषद्को बैठकले राष्ट्र प्रमुखसमेत रहेका कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी नेपाल भ्रमण आउने दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ । 

मन्त्रिपरिषद्को सोमबारको बैठकले कतारका राजाको नेपाल भ्रमणको पहिलो दिन सार्वजनिक विदा दिने निर्णय गरेको युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले जानकारी दिए । मन्त्रिपरिषद्को निर्णयअनुसार मंगलबार सार्वजनिक विदा हुनेछ ।

विदेशी राष्ट्र प्रमुखको नेपाल भ्रमण हुँदा सार्वजनिक विदा दिने यसअघिको अभ्यासअनुसार नै कतारका राजाको भ्रमणमा विदा दिने निर्णय भएको मन्त्री श्रेष्ठले जानकारी दिए । कतारका राजाको भ्रमणका क्रममा हुने विभिन्न सम्झौताबारे पनि मन्त्रिपरिषद्को बैठकमा छलफल भएको थियो ।

त्यस्तै, मन्त्रिपरिषद्को बैठकले अर्थ सचिवको जिम्मेवारी मधु मरासिनीलाई दिने निर्णय गरेको छ । सचिव मरासिनी गत असोज १५ देखि निलम्बनमा थिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पेमेन्ट गेटवे खरिद अनियमितता प्रकरणमा मरासिनीलाई पनि विपक्षी बनाएर मुद्दा दायर गरेसँगै उनी निलम्बनमा परेका थिए ।

विशेष अदालतले उक्त मुद्दामा मरासिनीलाई सफाइ दिएपछि अर्थसचिवको जिम्मेवारी दिइएको हो ।

प्रकाशित : बैशाख ८ ,२०८० २०:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

गृहमन्त्रीविहीन अवस्थामा प्रहरी सरुवामा नियमावली मिचेर एसएसपी–एसपी हेरफेर : JCNEPALMEDIA

भारतमा एलपी ग्यासको मूल्य बढेसँगै नेपालमा पनि मूल्य समायोजनको दबाब : JCNEPALMEDIA

एकै पटक ३० हजार कर्मचारी घर पठाइँदै : JCNEPALMEDIA

एआईजीहरु अवसरको पर्खाइमा, सरुवा रोकिँदा निराशा : JCNEPALMEDIA

पर्सामा रास्वपा भित्रको आन्तरिक विवाद चर्कियाे, अधिवेशन स्थगित गर्न माग : JCNEPALMEDIA

धनुषा जनकनन्दिनी गापा अध्यक्ष यादवको पहलले खजुरी पर्साहा मैदानमा ठुलो बजेटकाे स्टेडियम बन्ने : JCNEPALMEDIA