यातायात कार्यालयका कर्मचारीलाई घण्टैपिच्छे हाजिर गर्न दीपक मनाङेको निर्देशन : गण्डकी प्रदेश

बैशाख ११,२०८० / जेसी नेपाल संवाददाता

पोखरा : गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री राजीव गुरुङ (दीपक मनाङे) ले यातायात व्यवस्था कार्यालय कास्कीका कर्मचारीलाई घण्टैपिच्छे हाजिर गर्न निर्देशन दिएका छन् ।

यातायात कार्यालयको अनुगमन गर्न पुगेका उनले काममा इमान्दारिता देखाउन आग्रह गरेका हुन् । मनाङेले सेवाग्राहीबाट धेरै गुनासा आएकाले कर्मचारीलाई घण्टैपिच्छे हाजिर गर्ने व्यवस्था गर्न निर्देशन दिए । उनले कार्यालयबाट प्रदान गरिने सेवालाई छिटोछरितो बनाउनसमेत निर्देशन दिए ।

कार्यालयबाट प्रदान गरिने सेवालाई अनलाइनबाट पाउने व्यवस्था गर्न पनि उनले यातायात कार्यालयका कर्मचारीलाई निर्देशन दिएका हुन् । ‘कार्यालयप्रति जनताको गुनासो धेरै छ । गुनासो नहुने गरिकाम गर्नुस् : उनले भने । हरेक घण्टा हाजिर गर्नुस् । यातायात व्यवस्था कार्यालय कास्की प्रमुख डिल्लीराम रिज्यालले केन्द्रीय हस्तक्षेपले प्रदेशमा अनलाइन सेवा दिन नसकेको बताए ।

अहिले पनि सबै सिस्टम केन्द्रीय हस्तक्षेपमा छ ।  मन्त्री मनाङेले चाहिँ अनलाइन सेवा सुचारु गर्न आइपरेको समस्याका बारेमा केन्द्रमा समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रकाशित : बैशाख ११,२०८० १५:५५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

गृहमन्त्रीविहीन अवस्थामा प्रहरी सरुवामा नियमावली मिचेर एसएसपी–एसपी हेरफेर : JCNEPALMEDIA

भारतमा एलपी ग्यासको मूल्य बढेसँगै नेपालमा पनि मूल्य समायोजनको दबाब : JCNEPALMEDIA

एकै पटक ३० हजार कर्मचारी घर पठाइँदै : JCNEPALMEDIA

एआईजीहरु अवसरको पर्खाइमा, सरुवा रोकिँदा निराशा : JCNEPALMEDIA

पर्सामा रास्वपा भित्रको आन्तरिक विवाद चर्कियाे, अधिवेशन स्थगित गर्न माग : JCNEPALMEDIA

धनुषा जनकनन्दिनी गापा अध्यक्ष यादवको पहलले खजुरी पर्साहा मैदानमा ठुलो बजेटकाे स्टेडियम बन्ने : JCNEPALMEDIA