मटिहानीकाे जरलहवा गाछीमा भीषण आगलागी हुँदा अहिलेसम्म १०० घर जलेर नष्ट

बैशाख १२,२०८० / जेसी नेपाल संवाददाता

महोत्तरी : महोत्तरीको मटिहानी नगरपालिका ६ स्थित जरलहवा गाछीमा भीषण आगलागी हुँदा अहिलेसम्म १०० घर जलेर नष्ट भएको छ ।

दिउँसो एक्कासी आगो सक्किँदा बस्ती नै सखाप भएको प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले थाहाखबर जानकारी दिनुभएको छ ।

बस्तीमा हावाहुरी ठूलो आएको र त्यहाँ रहेको परालको कुन्यूले आगलागी बढाएको गेलालले बताए । उनले भने, ’परालको कुन्यूमा आगो सल्किएपछि चर्को हावा आउँदा, त्यसले घरहरुलाई भेट्यो ।

अहिले आगो निभाउनका लागि मटिहानी नगरपालिका, जलेश्वर नगरपालिका, रामगोपालपुर नगरपालिका, प्रदेश प्रहरी कार्यालय जनकपुरको वारुणयन्त्रसँगै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र मटिहानी नगरपालिकाले प्रयास गरिरहेको छ । १० वटा बारुणयन्त्र, ३०० भन्दा बढी सुरक्षाकर्मी परिचालन भएको छ। दिउँसो १ बजेबाट आगो सल्किएको बताइएको छ । कारण भने खुलेको छैन ।

प्रकाशित : बैशाख १२,२०८० ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

गृहमन्त्रीविहीन अवस्थामा प्रहरी सरुवामा नियमावली मिचेर एसएसपी–एसपी हेरफेर : JCNEPALMEDIA

भारतमा एलपी ग्यासको मूल्य बढेसँगै नेपालमा पनि मूल्य समायोजनको दबाब : JCNEPALMEDIA

एकै पटक ३० हजार कर्मचारी घर पठाइँदै : JCNEPALMEDIA

एआईजीहरु अवसरको पर्खाइमा, सरुवा रोकिँदा निराशा : JCNEPALMEDIA

पर्सामा रास्वपा भित्रको आन्तरिक विवाद चर्कियाे, अधिवेशन स्थगित गर्न माग : JCNEPALMEDIA

धनुषा जनकनन्दिनी गापा अध्यक्ष यादवको पहलले खजुरी पर्साहा मैदानमा ठुलो बजेटकाे स्टेडियम बन्ने : JCNEPALMEDIA