सप्तरीमा २ सयभन्दा बढी घर जलेर नष्ट

बैशाख १४,२०८० / जेसी नेपाल संवाददाता

सप्तरी : सप्तरीको महादेवा गाउँपालिकामा भीषण आगलागी भएको छ । महादेवा गाउँपालिका–१ चिम्टीमा मंगलबार दिउँसो २ बजे आगलागीमा परी २ सयभन्दा बढी घर जलेर नष्ट हुँंदा करोडौंको क्षति भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

 

तिब्र गतिमा आएको हुरीपश्चात स्थानीय शत्रुधन यादवको घरबाट आगलागी सुरु भएको बताइएको छ । दलित र मुस्लिम समुदायको घना बसोबास रहेको बस्तीमा एक्कासी आगलागी हुँदा २ सय जति घर जलेर नष्ट भएको स्थानीयले जनाएका छन् । हनुमाननगर कंकालिनी, राजविराज, शम्भुनाथ नगरपालिकाबाट गएको बारूण यन्त्रको सहयोगमा प्रहरी र स्थानीयले आगो नियन्त्रणमा लिएको छ । आगलागीमा १ करोडभन्दा बढीको क्षती भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

गृहमन्त्रीविहीन अवस्थामा प्रहरी सरुवामा नियमावली मिचेर एसएसपी–एसपी हेरफेर : JCNEPALMEDIA

भारतमा एलपी ग्यासको मूल्य बढेसँगै नेपालमा पनि मूल्य समायोजनको दबाब : JCNEPALMEDIA

एकै पटक ३० हजार कर्मचारी घर पठाइँदै : JCNEPALMEDIA

एआईजीहरु अवसरको पर्खाइमा, सरुवा रोकिँदा निराशा : JCNEPALMEDIA

पर्सामा रास्वपा भित्रको आन्तरिक विवाद चर्कियाे, अधिवेशन स्थगित गर्न माग : JCNEPALMEDIA

धनुषा जनकनन्दिनी गापा अध्यक्ष यादवको पहलले खजुरी पर्साहा मैदानमा ठुलो बजेटकाे स्टेडियम बन्ने : JCNEPALMEDIA