नेपालका नेताहरु दिल्लीमा ,भाजपाको चुनावी रणनीति बुझ्न

बैशाख २०,२०८० / जेसी नेपाल संवाददाता

काठमाडौं : भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) ले अपनाउने चुनावी रणनीतिबारे बुझ्न नेपालका ५ राजनीतिक दलका नेताहरु नयाँदिल्ली गएका छन् । भारतीय जनता पार्टीको औपचारिक निमन्त्रणमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनमत पार्टीका नेताहरु नयाँदिल्ली गएका हुन् ।

कांग्रेसका उदयशम्शेर राणा, एमालेका विष्णु रिमाल, माओवादी केन्द्रका मातृका यादव, रास्वपाका शिशिर खनाल दिल्ली गएका छन् । १ मेदेखि सुरु हुने कार्यक्रमका लागि भाजपाले नेपालसहित १० देशका १८ राजनीतिक दलका नेताहरुलाई भाजपाले निम्तो दिएको थियो । अष्ट्रेलिया, भियतनाम, बंगलादेश, इजरायल, युगाण्डा, तान्जानिया, रुस, श्रीलंका र मोरिससका राजनीतिक दलका नेताहरुलाई भाजपाले निम्तो दिएको थियो ।

उनीहरुले १ मेमा भाजपाका अध्यक्ष जेपी नड्डासँग भाजपाको केन्द्रीय कार्यालयमा भेटवार्ता गरेका छन् । उनीहरुले भारतीय विदेशमन्त्री एस जयशंकर र रेलवे मिनिष्टर अश्विनी वैष्णवलाई भेटेर चुनावी रणनीति र समग्री चुनावी परिक्रियाबारे छलफल गर्ने छन् । भाजपाको विदेश विभाग इन्चार्ज डा. विजय चौथाइवालेले पठाएको निम्तो पत्रमा भाजपाको ४३ औं स्थापना दिवसको अवसरमा ‘भाजपा बुझौं’ कार्यक्रम अन्तर्गत यो कार्यक्रम आयोजना गरिएको उल्लेख छ ।

प्रकाशित : बैशाख २०,२०८० : ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

गृहमन्त्रीविहीन अवस्थामा प्रहरी सरुवामा नियमावली मिचेर एसएसपी–एसपी हेरफेर : JCNEPALMEDIA

भारतमा एलपी ग्यासको मूल्य बढेसँगै नेपालमा पनि मूल्य समायोजनको दबाब : JCNEPALMEDIA

एकै पटक ३० हजार कर्मचारी घर पठाइँदै : JCNEPALMEDIA

एआईजीहरु अवसरको पर्खाइमा, सरुवा रोकिँदा निराशा : JCNEPALMEDIA

पर्सामा रास्वपा भित्रको आन्तरिक विवाद चर्कियाे, अधिवेशन स्थगित गर्न माग : JCNEPALMEDIA

धनुषा जनकनन्दिनी गापा अध्यक्ष यादवको पहलले खजुरी पर्साहा मैदानमा ठुलो बजेटकाे स्टेडियम बन्ने : JCNEPALMEDIA