प्रहरीद्वारा सात वटा टिपर नियन्त्रणमा : सर्लाही

बैशाख २१ ,२०८० / जेसी नेपाल संवाददाता

सर्लाही : अबैधरुपमा खोलाबाट बालुवा र गिट्टी उत्खनन गरेर लोडिंग गरिरहेको अवस्थामा सर्लाही प्रहरीले सात वटा टिपर नियन्त्रणमा लिएको छ।

लालबन्दी नगरपालिका १७ स्थित कालिञ्जोर खोलाबाट अबैधरुपमा गिट्टी बालुवा उत्खनन गरिरहेको अवस्थामा प्रहरीले सात वटा टिपर नियन्त्रणमा लिएको हो ।

कालिञ्जोर खोलाबाट अवैधरूपमा उत्खनन गरिरहेको अवस्थामा बिहीबार साँझ उक्त टिपर नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ ।

नियन्त्रणमा लिइएका टिपरलाई आवश्यक कारबाहीका लागि जिल्ला समन्वय समिति मलंगवामा पत्राचार गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित : बैशाख २१ ,२०८० ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

गृहमन्त्रीविहीन अवस्थामा प्रहरी सरुवामा नियमावली मिचेर एसएसपी–एसपी हेरफेर : JCNEPALMEDIA

भारतमा एलपी ग्यासको मूल्य बढेसँगै नेपालमा पनि मूल्य समायोजनको दबाब : JCNEPALMEDIA

एकै पटक ३० हजार कर्मचारी घर पठाइँदै : JCNEPALMEDIA

एआईजीहरु अवसरको पर्खाइमा, सरुवा रोकिँदा निराशा : JCNEPALMEDIA

पर्सामा रास्वपा भित्रको आन्तरिक विवाद चर्कियाे, अधिवेशन स्थगित गर्न माग : JCNEPALMEDIA

धनुषा जनकनन्दिनी गापा अध्यक्ष यादवको पहलले खजुरी पर्साहा मैदानमा ठुलो बजेटकाे स्टेडियम बन्ने : JCNEPALMEDIA