एकैदिन नियन्त्रणमा लिए ५२ जना लागुऔषध सेवनकर्ता : धनुषा प्रहरी

बैशाख २२,२०८०/ जेसी नेपाल संवाददाता

जनकपुरधाम : धनुषा प्रहरीले एकैदिन ५२ जना लागुऔषध सेवनकर्तालाई नियन्त्रणमा लिएको छ । ईलाका प्रहरी कार्यालय जटहीबाट खटिएको प्रहरीको टोलीले नगराईन नगरपालिका २ स्थित नेपालको सिमावर्ती क्षेत्रबाट लागुऔषध सेवनकर्तालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता रञ्जन अवाले जानकारी दिएको छ ।

भारतीय बजारमा गई लागुऔषध सेवन गरेर नेपालतर्फ आउने ५२ जनालाई नियन्त्रणमा लिएको उहाँले बताएको छ । धनुषा प्रहरीले सञ्चालन गरेको सिडियार(क्यामपेन फोर ड्रग युजर रिफर्मेसन) अभियान अन्तर्गत उनीहरुलाई नियन्त्रण लिइएको हो । प्रहरीले नेपालको सिमावर्ती क्षेत्रबाट नियन्त्रणमा लिएको उनीहरुलाई साँझ मनोसामाजिक परामर्शकर्ताद्धारा लागुऔषधबाट पर्ने असरहरुबारे परामर्श दिएर छोडिएको प्रवक्ता अवाले जनाए ।

लागुऔषध छोड्नलाई उत्प्रेरित गर्ने खालको परामर्श दिएर सेवनकर्ताहरुलाई छोडिएको उनले बताए । यो अभियान विभिन्न नाकाहरुमा सरप्राईज हिसाबले निरन्तर चल्नेछ, प्रवक्ता अवाले भने, त्यसका लागि बोर्डरमा रहेको प्रहरी युनिहरुबाटै केही जनशक्तिलाई विशेष रुपमै खटाईएको छ ।

यस अभियान अन्तर्गत लागुऔषध सेवनकर्तालाइ परामर्श दिएरै छोडिएपनि ओसारपोसार गर्ने तथा भण्डार गर्ने व्यक्तिहरुलाई नियन्त्रणमा लिएर मुद्धा प्रकृया नै अगाडी बढाउने गरेको प्रवक्ता अवाको भनाई छ ।

प्रकाशित : बैशाख २२ ,२०८० ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

गृहमन्त्रीविहीन अवस्थामा प्रहरी सरुवामा नियमावली मिचेर एसएसपी–एसपी हेरफेर : JCNEPALMEDIA

भारतमा एलपी ग्यासको मूल्य बढेसँगै नेपालमा पनि मूल्य समायोजनको दबाब : JCNEPALMEDIA

एकै पटक ३० हजार कर्मचारी घर पठाइँदै : JCNEPALMEDIA

एआईजीहरु अवसरको पर्खाइमा, सरुवा रोकिँदा निराशा : JCNEPALMEDIA

पर्सामा रास्वपा भित्रको आन्तरिक विवाद चर्कियाे, अधिवेशन स्थगित गर्न माग : JCNEPALMEDIA

धनुषा जनकनन्दिनी गापा अध्यक्ष यादवको पहलले खजुरी पर्साहा मैदानमा ठुलो बजेटकाे स्टेडियम बन्ने : JCNEPALMEDIA