हत्यामा आरोपित सशस्त्र प्रहरी जवान भरतराम परे पक्राउ

बैशाख २७,२०८० / जेसी नेपाल संवाददाता

काठमाडौं : घाँटी रेते र बीभत्स हत्या गरिएकी बैतडीकी माया लुहारको हत्या आरोपमा सशस्त्र प्रहरीका जवान पक्राउ परेका छन् ।

सशस्त्र प्रहरी जवान भरतराम कोलीलाई आइतबार महेन्द्रनगर बजारमा डुलिरहेको अवस्थामा पक्राउ गरिएको सुदूरपश्चिम प्रहरी कार्यालयले जनाएको छ । पूर्वम्यादी प्रहरीसमेत रहेकी २१ वर्षीया मायाको हत्या आरोपमा शिवनाथ गाउँपालिका-४ का कोलीलाई पक्राउ गरिएको हो । पक्राउसँगै उनलाई अनुसन्धानका लागि बैतडी प्रहरीलाई बुझाइने भएको छ ।

कोली हुल तथा दंगा तालिम व्यवस्थापन शिक्षालय पोखरामा सशस्त्र प्रहरी जवानका रूपमा कार्यरत छन् । माया जवलपुर माध्यमिक विद्यालय सैलोडामा कक्षा १२ र नेहा कक्षा ९ मा अध्ययनरत रहेका थिए । माया म्यादी प्रहरी पनि थिइन् । घरबाट लुगा सिलाउन भनेर निस्किएकी माया कहिल्यै नफर्किने गरी अस्ताएकी छन् । घाइते नेहाको अहिले उपचार भइरहेको छ । स्थानीयले घटनामा शिवनाथ गाउँपालिका–६ सोलपालाका एक शसस्त्र प्रहरीमाथि आशंका गरेका थिए। ती शसस्त्र प्रहरीका जवान बिदामा घर आएका थिए ।

केही दिनअघि कुलाउमा उनले मायाको मोबाइल खोसेका थिए । घरमा सोधीखोजी गर्दा मायाले मोबाइल ‘साथी’ले लगेको बताएकी थिइन् । ती शसस्त्र प्रहरीका जवान अहिले फरार हुँदा उनीप्रति शंका बढेको स्थानीय बताउँछन् । ‘शसस्त्र प्रहरीका जवानले केही दिन अगाडि मोबाइल खोसेको र उनी फरार रहेकाले आशंका बढेर गएको थियो ।

 

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक लोकराज जोशीले घटनास्थलको काम सकेर शव पोष्टमार्टमका लागि पाटन अस्पतालमा राखिएको बताए । अहिले आरोपित शिवनाथ गाउँपालिका-४ का कोलीलाई पक्राउ गरिएको छ ।

प्रकाशित: बैशाख २७,२०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

सिरहा कारागारमा तनाव, २३ कैदी प्रहरी नियन्त्रणमा

डीआईजीका नाममा उठाइन्छ तस्करी गराउने दस्तुर, घुमुवा प्रहरी विवादले खुल्यो पोल : JCNEPALMEDIA

गृहमन्त्री प्रकरणमा उच्चस्तरीय छानवीन गर्न कांग्रेसको माग : JCNEPALMEDIA

QR Code अधारित विद्यार्थी , शिक्षक उपस्थिती प्रणाली लागू गर्न वालेन समक्ष बुझाए प्रस्ताव : अध्यक्ष सुन्देशवर यादव

टेम्पोमाथि रुख ढल्दा दुई जनाको मृत्यु, तीन घाइते

मुख्यमन्त्रीहरुसँग प्रधानमन्त्री वालेन्द्र शाहको छलफलमा,सीमानाकाको सवारी कर हटाउनुपर्ने माँग : मधेस मुख्यमन्त्री यादव