कारले मोटरसाइकलमा ठक्कर दिँदा पत्रकार रोहिताको मृत्यु: जनकपुर

जेष्ठ ५ ,२०८१/ जेसी नेपाल संवाददाता

धनुषा : जनकपुरमा कारले मोटरसाइकलमा ठक्कर दिँदा पत्रकार शिवेन्द्र रोहिताको मृत्यु भएकोछ ।

धनुषा प्रहरीका अनुसार आज बिहान ३ बजेतिर जनकपुरधामको थापाचोकमा बा २१ च ३३४३ नम्बरको कारले रोहिता सवार प्रदेश २ ज ५६९४ नम्बरको मोटरसाइकलमा ठक्कर दिएको थियो ।

उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । धनुषाको शहिदनगर नगरपालिका ८ का बासन्दा ३२ वर्षीया रोहिता राजधानी जनकपुर अनलाइनमा कार्यरत्त थिए । मोटरसाइकलमा पछाडि सवार मृतक रोहिताका साथी २५ वर्षीय जयनाथ यादव घाइते भएका छन् ।

उनको जनकपुरको सीता अस्पतालमा उपचार भइरहेको छ । कार र चालकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रकाशित : जेष्ठ ५ ,२०८० ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

गृहमन्त्रीविहीन अवस्थामा प्रहरी सरुवामा नियमावली मिचेर एसएसपी–एसपी हेरफेर : JCNEPALMEDIA

भारतमा एलपी ग्यासको मूल्य बढेसँगै नेपालमा पनि मूल्य समायोजनको दबाब : JCNEPALMEDIA

एकै पटक ३० हजार कर्मचारी घर पठाइँदै : JCNEPALMEDIA

एआईजीहरु अवसरको पर्खाइमा, सरुवा रोकिँदा निराशा : JCNEPALMEDIA

पर्सामा रास्वपा भित्रको आन्तरिक विवाद चर्कियाे, अधिवेशन स्थगित गर्न माग : JCNEPALMEDIA

धनुषा जनकनन्दिनी गापा अध्यक्ष यादवको पहलले खजुरी पर्साहा मैदानमा ठुलो बजेटकाे स्टेडियम बन्ने : JCNEPALMEDIA