सिराेहिया र सहकारी ठगीका लागि कांग्रेसद्वारा सडक आन्दोलन गर्ने घोषणा

जेष्ठ १०,२०८१/ जेसी नेपाल संवाददाता

काठमाडौं : कांग्रेसद्वारा सडक आन्दोलन घोषणा, शुक्रबार काठमाडौंमा प्रदर्शन गर्ने प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सडक आन्दोलनको घोषणा गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सडक आन्दोलनमा जाने निर्णय गरेको केन्द्रीय सदस्य डा.डिला संग्रौलाले बताइन् ।

संग्रौलाका अनुसार बैठकको निर्णयअनुसार प्रथम चरणमा यही शुक्रबार काठमाडौंको भृकुटीमण्डप बृहत्त प्रदर्शनको तयारी थालिएको छ । त्यसपछि मधेश प्रदेशसहित सहकारी ठगीबाट बढी प्रभावित जिल्लामा आन्दोलन थालिने कांग्रेसले जनाएको छ । सहकारी प्रकरण प्रभावित सहरहरू पोखरा, चितवन, रुपन्देही हुँदै देशभर आन्दोलन गर्ने रणनीति कांग्रेस बनाएको हो ।

जिल्ला अदालत धनुषाले कैलाश सिरोहियामाथि अनुसन्धानका लागि भन्दै तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ। नागरिकता कसुरमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियामाथि अनुसन्धान गर्न ३ दिन थुनामा राख्न अनुमति दिएको जिल्ला अदालत धनुषाका प्रवक्ता डम्बरप्रसाद घिमिरेले बताए ।

जिल्ला न्यायाधीश चुरामन खड्काको ईजलासले बुधबार दुवै पक्षको बहस सुनेपछि ३ दिन थुनामा राख्न अनुमति दिइएको हो । यसअघि जिल्ला सरकारी वकिलको कार्यालयले भने अनुसन्धानको लागि ५ दिन म्याद थप गर्न अदालतसँग माग गरेको थियो ।

प्रकाशित : जेष्ठ १०,२०८१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

गृहमन्त्रीविहीन अवस्थामा प्रहरी सरुवामा नियमावली मिचेर एसएसपी–एसपी हेरफेर : JCNEPALMEDIA

भारतमा एलपी ग्यासको मूल्य बढेसँगै नेपालमा पनि मूल्य समायोजनको दबाब : JCNEPALMEDIA

एकै पटक ३० हजार कर्मचारी घर पठाइँदै : JCNEPALMEDIA

एआईजीहरु अवसरको पर्खाइमा, सरुवा रोकिँदा निराशा : JCNEPALMEDIA

पर्सामा रास्वपा भित्रको आन्तरिक विवाद चर्कियाे, अधिवेशन स्थगित गर्न माग : JCNEPALMEDIA

धनुषा जनकनन्दिनी गापा अध्यक्ष यादवको पहलले खजुरी पर्साहा मैदानमा ठुलो बजेटकाे स्टेडियम बन्ने : JCNEPALMEDIA