राजदूत फिर्ता बोलाउने सरकारको निर्णय प्रति गरे विरोध : उपेन्द्र यादव JC_NEPAL_MEDIA

जेष्ठ २६,२०८१/ जेसी नेपाल मिडिया

राजदूत फिर्ता बोलाउने सरकारको निर्णय प्रति उपेन्द्र यादवले विरोध जनाएका छन । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले भारतसहित ११ देशका राजदूतलाई फिर्ता बोलाएर सरकारले मर्यादाको उल्लंघन गरेको टिप्पणी गरेका छन् ।

पार्टीको महाधिवेशन तयारीबारे जानकारी गराउन जनकपुरमा शनिबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष यादवले राजदूत फिर्ता बोलाउने सरकारले गरेको निर्णयको विरोध गरेका छन ।

कतिपय मुलुकमा लाजमर्दो अवस्था छ अध्यक्ष यादवले भने, जस्तो भोलि भारतको प्रधानमन्त्रीको शपथ ग्रहण समारोहमा निम्तो पाएर प्रधानमन्त्री जाने र राजदूतलाई एक दिन अगाडि फिर्ता बोलाउने ! यो भनेको अत्यन्तै गलत ब्याबहार हो । राजदूत फिर्ता बोलाउने सरकारको निर्णय कूटनीतिक मर्यादाविपरीत रहेको उनले बताए ।

अध्यक्ष यादवले भने, ‘देशको अन्तर्राष्ट्रिय छवि बिगार्ने काम भएको छ । यो गलत हो । हाम्रो पार्टी यसको विरोध गर्छ ।

प्रकाशित : जेष्ठ २६,२०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

गृहमन्त्रीविहीन अवस्थामा प्रहरी सरुवामा नियमावली मिचेर एसएसपी–एसपी हेरफेर : JCNEPALMEDIA

भारतमा एलपी ग्यासको मूल्य बढेसँगै नेपालमा पनि मूल्य समायोजनको दबाब : JCNEPALMEDIA

एकै पटक ३० हजार कर्मचारी घर पठाइँदै : JCNEPALMEDIA

एआईजीहरु अवसरको पर्खाइमा, सरुवा रोकिँदा निराशा : JCNEPALMEDIA

पर्सामा रास्वपा भित्रको आन्तरिक विवाद चर्कियाे, अधिवेशन स्थगित गर्न माग : JCNEPALMEDIA

धनुषा जनकनन्दिनी गापा अध्यक्ष यादवको पहलले खजुरी पर्साहा मैदानमा ठुलो बजेटकाे स्टेडियम बन्ने : JCNEPALMEDIA