विश्व वातावरण दिवसको अवसरमा वृक्षारोपण मात्रै नभई पर्यावरण जाेगाउन एकजुट हुनुपर्छ : राष्ट्रिय अभियानी जगदीश चाैधरी

जेष्ठ २६,२०८१/ जेसी नेपाल संवाददाता

विश्व वातावरण दिवसको अवसरमा वृक्षारोपण मात्रै नभई पर्यावरण जाेगाउन एकजुट हुनुपर्ने राष्ट्रिय अभियानी जगदीश चाैधरीकाे भनाइ रहेको छ । वातावरण चेन्ज भइरहकाले आज संसार नै चिन्तन गरिरहेका छन । नेपालमा वातावरणकाे नाममा करोडौं खर्च भइरहेको छ तर, पर्यावरण माथि नै खेलवाड भइरहेको छ । विश्वले आज वातावरणलाई जोगाउने, हराभरा बनाउने, पुनर्स्थापित बनाउने कुराहरुमा चर्चा र उत्सव मनाईरहेको बेला हामी एउटा उत्सवकै रूपमा याे दिनमा खालि ठाउमा वृक्षारोपण गरि मनाउने परम्परा सुरु गर्न खाेजि रहेको छु । यो दिनलाई एउटा अवसरको रुपमा लिएका छौं । बर्खायाम नजिकिंदै गर्दा, नेपालमा विभिन्न प्राकृतिक विपद्हरूको जोखिम बढ्ने पक्का छ ।

अझ नेपाल प्राकृतिक एवम् मानव सिर्जित विपद्को उच्च जोखिममा रहेको मुलुक मध्येमा पर्दछ । विपद्का कारण वर्षेनी ठूलो मानवीय र भौतिक सम्पत्तिको क्षति हुने गरेको छ । नेपालले विशेषगरी प्राकृतिक विपद्को रुपमा भूकम्प, बाढी–पहिरो, हिउँपहिरो, हावाहुरी, आगलागी, डँढेलो, महामारी, शीतलहर आदि भोग्नु परिरहेको छ । बाढी–पहिरो, आगलागी, डँढेलो, शितलहरजस्ता विपद् त हरेक वर्ष नै हुने गर्दछ । विपद्को जोखिम जति छ, त्यस अनुसारको पूर्व तयारी भने राज्यले गर्न सकेको छैन ।

विपद् जोखिम न्यूनीकरणको विषय आफ्नो प्राथमिकतामा रहेको सरकारले बताए पनि कहिले योजना, कहिले बजेट त कहिले समन्वयको अभाव देखिन्छ । त्यसैले, विपद्, विपद् पूर्वतयारी र विपद् पछिका व्यवस्थापनका कुरामा हाम्रो जहिले चासो छ र यस्तो संवेदनशील विषयप्रति सरकार र सम्बन्धित निकायहरुलाई हाम्रो खबरदारी थियो, छ र भईरहनेछ । विपद्हरू बिना चेतावनीको आउन सक्छ, तर तयार हुनुले जीवन र सम्पत्ति बचाउन सक्छ ।

हाम्रो उदेश्य नै आगलागी सुरक्षा, बाढी तयारी, र विपद् व्यवस्थापनको लागि अधिकारिक निकायहरूलाई जवाफदेही बनाउनुको महत्व जस्ता महत्वपूर्ण विषयहरू लाई समेटी एउटा उत्सव जस्तै कार्य गर्न खाजि रहेको छु । कार्यक्रममा हामी विपद्बाट प्रभावित भएका तथा हुन सक्ने विभिन्न स्थानका नागरिकको आवाज, स्थानीय सरकारले गरेका काम, प्रदेश र संघीय सरकारले गरेका काम तथा पूर्वतयारीका लागि गर्नुपर्ने काम र विज्ञहरूको आवाज समेटी जेसी नेपाल मिडियामा प्रशारित गर्ने छु । साथै हामी विपद् जोखिम न्यूनीकरण र पूर्वतयारीको विषय समेटेर तयार पारिएको रेडियो नाटक र विभिन्न सचेतनामूलक सन्देशहरू पनि कार्यक्रममा समेट्ने छौं ।

प्रकाशित : जेष्ठ २६, २०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

डीआईजीका नाममा उठाइन्छ तस्करी गराउने दस्तुर, घुमुवा प्रहरी विवादले खुल्यो पोल : JCNEPALMEDIA

गृहमन्त्री प्रकरणमा उच्चस्तरीय छानवीन गर्न कांग्रेसको माग : JCNEPALMEDIA

QR Code अधारित विद्यार्थी , शिक्षक उपस्थिती प्रणाली लागू गर्न वालेन समक्ष बुझाए प्रस्ताव : अध्यक्ष सुन्देशवर यादव

टेम्पोमाथि रुख ढल्दा दुई जनाको मृत्यु, तीन घाइते

मुख्यमन्त्रीहरुसँग प्रधानमन्त्री वालेन्द्र शाहको छलफलमा,सीमानाकाको सवारी कर हटाउनुपर्ने माँग : मधेस मुख्यमन्त्री यादव

अमेरिकामा नेपाली नयाँ बर्ष अप्रील १४ मा प्रत्येक बर्ष मनाउने आज आधिकारिक घोषणा : विजय कुमार चौधरी