भारत भ्रमणबारे राष्ट्रपतिलाई प्रधानमन्त्रीले जानकारी गराए JC_NEPAL_MEDIA

जेष्ठ २७,२०८१/ जेसी नेपाल मिडिया

राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भेटवार्ता गरेका छन् । राष्ट्रपति भवन शितल निवासमा शनिबार उनीहरूबीच भेटवार्ता भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।

भेटमा प्रधानमन्त्री प्रचण्डले आसन्न भारत भ्रमणबारे जानकारी गराएका थिए भने अन्य समसामयिक विषयमा पनि कुरा भएको सचिवालयले जानकारी गराएको छ । प्रधानमन्त्री प्रचण्ड आइतबार दिउँसो १ बजेर २५ मिनेटमा भारत प्रस्थान गर्दैछन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री प्रचण्ड त्यसतर्फ जान लागेका छन् । प्रधानमन्त्री मोदीको शपथ समारोहको निमन्त्रणा स्वीकार्दै प्रधानमन्त्री प्रचण्ड नेपाल एयरलाइन्समार्फत् आइतबार दिउँसो त्यसतर्फ जान लागेका हुन् ।

प्रकाशित : जेष्ठ २७,२०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

गृहमन्त्रीविहीन अवस्थामा प्रहरी सरुवामा नियमावली मिचेर एसएसपी–एसपी हेरफेर : JCNEPALMEDIA

भारतमा एलपी ग्यासको मूल्य बढेसँगै नेपालमा पनि मूल्य समायोजनको दबाब : JCNEPALMEDIA

एकै पटक ३० हजार कर्मचारी घर पठाइँदै : JCNEPALMEDIA

एआईजीहरु अवसरको पर्खाइमा, सरुवा रोकिँदा निराशा : JCNEPALMEDIA

पर्सामा रास्वपा भित्रको आन्तरिक विवाद चर्कियाे, अधिवेशन स्थगित गर्न माग : JCNEPALMEDIA

धनुषा जनकनन्दिनी गापा अध्यक्ष यादवको पहलले खजुरी पर्साहा मैदानमा ठुलो बजेटकाे स्टेडियम बन्ने : JCNEPALMEDIA