मुख्यमन्त्री सिंह द्वारा वैवाहिक धर्मशालाको उद्घाटन : मधेस प्रदेश JCNEPAL_MEDIA

असार ४, २०८१ / जेसी नेपाल संवाददाता

मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले कङ्कालिनी भगवती मन्दिर परिसरभित्र नवनिर्मित वैवाहिक धर्मशालाको आज उद्घाटन गरेको छ ।

सप्तरीको हनुमाननगर कङ्लालिनी नगरपालिका–१ भारदहमा रहेको मन्दिर परिसरमा रु एक करोडभन्दा बढी लागतमा निर्मित धर्मशालाको आज मुख्यमन्त्री सिंहले उद्घाटन गरेको छ ।

मन्दिर समितिका सदस्य विनोदकुमार रजकले धर्मशाला निर्माणकार्यमा विभिन्न सरकारी निकायको आर्थिक सहयोग रहेको जानकारी दिँदै धर्मशाला हलमा वैवाहिक, बैठक, सेमिनारलगायत करिब तीन सय जनाले एकैपटक सुविधा लिन पाउने व्यवस्था रहेको बताए । न्यून शूल्कमा विवाहका लागि आवश्यक सबै सुविधा, बेहुलाबेहुलीका लागि आराम कक्ष, भान्साघर, शौचालयलगायत सुविधा रहेका उनले जानकारी दिए ।

 उद्घाटन समारोहमा मधेस प्रदेश सरकारका विनाविभागीय मन्त्री सकिल अलि, हनुमाननगर कङ्कालिनी नगरपालिकाका प्रमुख वीरेन्द्र माझी, बलान बिहुल गाउँपालिकाका अध्यक्ष खेमचन्द्र यादवलगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित : असार ४, २०८१ : ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

गृहमन्त्रीविहीन अवस्थामा प्रहरी सरुवामा नियमावली मिचेर एसएसपी–एसपी हेरफेर : JCNEPALMEDIA

भारतमा एलपी ग्यासको मूल्य बढेसँगै नेपालमा पनि मूल्य समायोजनको दबाब : JCNEPALMEDIA

एकै पटक ३० हजार कर्मचारी घर पठाइँदै : JCNEPALMEDIA

एआईजीहरु अवसरको पर्खाइमा, सरुवा रोकिँदा निराशा : JCNEPALMEDIA

पर्सामा रास्वपा भित्रको आन्तरिक विवाद चर्कियाे, अधिवेशन स्थगित गर्न माग : JCNEPALMEDIA

धनुषा जनकनन्दिनी गापा अध्यक्ष यादवको पहलले खजुरी पर्साहा मैदानमा ठुलो बजेटकाे स्टेडियम बन्ने : JCNEPALMEDIA