दुई महिना भित्र प्रदेश सरकारको अनुभूति नागरिकले गर्नेछन् : अर्थमन्त्री साह

असार ०५,२०८१/ जेसी नेपाल संवाददाता

जनकपुरधाम : मधेश प्रदेशका अर्थमन्त्री भरतप्रसाद साहले दुई महिनामै प्रदेश सरकारको अनुभूति नागरिकले गर्ने बताएका छन् । आर्थिक मसान्तको २० दिन बाँकी रहँदासम्म प्रदेशको बजेट २८ प्रतिशतमात्र खर्च भयो,' मन्त्री साहले भने,‘अब त्यसो हुन दिन्नौं ।

साउनमै बजेट खर्चको प्रक्रिया अगाडि बढाएर भदौदेखि बजेट कार्यान्वयन हुनेछ । अब प्रदेश सरकारको निर्णय केन्द्रबाट नभएर प्रदेशमै दलका नेताले गर्ने भएकोले प्रदेशको विकास जनताले तत्कालै अनुभूति गर्न पाउने छन्, अर्थमन्त्री साहले भने ।

मंगलबार साँझ पत्रकारहरुसँगको भेटघाटमा मन्त्री साहले कमिसन लिएरमात्रै बजेट विनियोजन हुने र नाम तोकेर योजनाको पत्र कार्यालयमा पठाउने समय समाप्त भएको बताए । 'विगतका सरकारले गरेको कमीकमजोरी अब हुँदैन,' मन्त्री साहले भने, ‘प्रदेश सरकार स्थानीय तहलाई अनुदानमा कुनै भेद्भाव नगरी समान रुपले अनुदान पठाउउने निर्णय गरेको छ ।

बजेट कार्यान्वयन गर्न व्यवहारमा सुधार गर्ने छन् ।’ मन्त्रीहरुले आफूखुसी गर्ने परम्परा हटाएर मन्त्रिपरिषद्‌मा व्यापक छलफल गरी नीति कार्यक्रम र बजेट तयारी गरिएको उनले प्रस्ट्याए । मधेश प्रदेश सरकारको प्राथमिकतामा प्रदेशको सुख्खा क्षेत्रको सम्बोधन, मधेशको आधार पानी तयार गर्ने, मधेशको नदीहरु जोड्ने आन्तरिक नहर परियोजना अगाडि बढाउने, कृषि क्षेत्रको व्यावसायीकरण र रोजगारी, स्वास्थ्य, सरसफाई, शिक्षा र सडक पूर्वाधार रहेको मन्त्री साहले बताए ।

प्रदेश सरकारअन्तर्गतका निकायहरुले कार्यान्वयन गर्ने विकास निर्माणका कार्यहरु खुला एवं प्रतिस्पर्धी खरिद विधिअनुसार गरिने र स-साना सार्वजनिक निर्माणका कार्यहरु गर्नुपरेमा वित्तीय हस्तान्तरणको माध्यमबाट स्थानीय तहमार्फत कार्यान्वयन गर्ने नीति लिइएको साहले बताए ।

प्रकाशित : असार ५, २०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

डीआईजीका नाममा उठाइन्छ तस्करी गराउने दस्तुर, घुमुवा प्रहरी विवादले खुल्यो पोल : JCNEPALMEDIA

गृहमन्त्री प्रकरणमा उच्चस्तरीय छानवीन गर्न कांग्रेसको माग : JCNEPALMEDIA

QR Code अधारित विद्यार्थी , शिक्षक उपस्थिती प्रणाली लागू गर्न वालेन समक्ष बुझाए प्रस्ताव : अध्यक्ष सुन्देशवर यादव

टेम्पोमाथि रुख ढल्दा दुई जनाको मृत्यु, तीन घाइते

मुख्यमन्त्रीहरुसँग प्रधानमन्त्री वालेन्द्र शाहको छलफलमा,सीमानाकाको सवारी कर हटाउनुपर्ने माँग : मधेस मुख्यमन्त्री यादव

अमेरिकामा नेपाली नयाँ बर्ष अप्रील १४ मा प्रत्येक बर्ष मनाउने आज आधिकारिक घोषणा : विजय कुमार चौधरी