मुख्यसचिव डा.वैकुण्ठ अर्यालविरुद्ध भ्रष्टाचार मुद्दा दायर

असार९ ,२०८१/ जेसी नेपाल संवाददाता

मुख्यसचिव डा.वैकुण्ठ अर्यालविरुद्ध भ्रष्टाचार मुद्दा दायर हुने भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार प्राधिकरणले टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) खरिदमा अर्यालको संलग्नता भएको देखिएपछि उनीविरुद्ध मुद्दा दर्ता गर्ने निर्णय गरेको हो।

उनीविरूद्ध अन्तशुल्क स्टिकर घोटालासम्बन्धमा पनि छानबिन भइरहेको छ।  अर्याल सञ्चार मन्त्रालयका सचिव हुँदा भएको विभिन्न सञ्चार उपकरण र छपाईसँग सम्बद्ध घोटाला प्रकरणमा मुछएपछि मुद्दा चलाउने निर्णय गरेको आयोग उच्च स्रोतले जनाएको छ।

अर्यालविरुद्ध केही बेरमा मुद्धा दर्ता हुदैछ’, स्रोतले भन्यो। ‘कल बाइपास’ रोक्न र राजस्व चुहावट नियन्त्रण गर्न टेरामक्स खरिद गर्दा डेढ अर्ब अनियमितता भएको विषयमा अख्तियारमा उजुरी परेको थियो।

प्रकाशित: ९ असार २०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

गृहमन्त्रीविहीन अवस्थामा प्रहरी सरुवामा नियमावली मिचेर एसएसपी–एसपी हेरफेर : JCNEPALMEDIA

भारतमा एलपी ग्यासको मूल्य बढेसँगै नेपालमा पनि मूल्य समायोजनको दबाब : JCNEPALMEDIA

एकै पटक ३० हजार कर्मचारी घर पठाइँदै : JCNEPALMEDIA

एआईजीहरु अवसरको पर्खाइमा, सरुवा रोकिँदा निराशा : JCNEPALMEDIA

पर्सामा रास्वपा भित्रको आन्तरिक विवाद चर्कियाे, अधिवेशन स्थगित गर्न माग : JCNEPALMEDIA

धनुषा जनकनन्दिनी गापा अध्यक्ष यादवको पहलले खजुरी पर्साहा मैदानमा ठुलो बजेटकाे स्टेडियम बन्ने : JCNEPALMEDIA