जनकपुर उपमहानगरपालिकाले समयमा गराउन सकेन नगरसभाJCNEPAL_MEDIA

असार १० ,२०८१/ जेसी नेपाल संवाददाता

धनुषा : जनकपुर उपमहानगरपालिकाले आन्तरिक कलहले गर्दा १२ औं नगर सभा गराउन सकेन । राज्यले व्यवस्था गरेकाे संवैधानिक व्यवस्था अनुसार नगर सभा १० गते भित्रै गरि सक्नुपर्नेमा ७ गते तिनदिन अगाबै सुचना प्रकाशित गरी नगरसभा स्थगित गरी उपमहानगरपालिका प्रमुख र प्रशासकीय अधिकृतले जानकारी गराई सकिएको छ ।

ताेकिएकाे समयमा नगरसभा गर्न नसक्दा जनकपुर धाम उपमहानगरपालिका लाई आर्थिक काराेवारमा समेत समस्याका साथै ठुलाे क्षतिकाे सामना गर्नुपर्ने छ । स्थानीय तह सञ्चालन ऐन २०७४ र वितिय ऐन २०७५ बमोजिम ताेकिएकाे असार १० गते भित्र नगर सभा गरी असार मसान्त भित्र बजेट पारित गरिसकने पर्ने हुन्छ । बजेट पारित नगरेको अबस्थामा संघीय सरकार बाट प्राप्त हुने अनुदान कटौती र साउन १ गते देखि परिचालन हुने बजेट चलाउन सक्ने छैन ।

नँया खाता नै नसञ्चालन भएको अवस्थामा सम्पूर्ण आर्थिक काराेवार ठप हुन जानेछ वित विज्ञहरूको भनाइ रहेको छ । मेयर मनाेज साहले याेजना छनाैट देखि रकम भुक्तानी सम्म मनपर्दि गर्दै आइरहेको आरोप वाडा अध्यक्षहरूकाे रहेको छ ।

मेयर मनाेज साहले प्रमुख प्रशासकीय अधिकृत नरहेको कारण समयमा नगरसभा हुन नसकेको वताएका छन । संघीय सरकारको हस्तक्षेपले नै स्थानीय तह असफल हुने अवस्था रहेको उनले आरोप लगाए । पालिकामा आर्थिक समस्या आउन नदिन असार मसान्त नगरसभा सहित बजेट पारित गरि सक्ने उनकाे दावी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

गृहमन्त्रीविहीन अवस्थामा प्रहरी सरुवामा नियमावली मिचेर एसएसपी–एसपी हेरफेर : JCNEPALMEDIA

भारतमा एलपी ग्यासको मूल्य बढेसँगै नेपालमा पनि मूल्य समायोजनको दबाब : JCNEPALMEDIA

एकै पटक ३० हजार कर्मचारी घर पठाइँदै : JCNEPALMEDIA

एआईजीहरु अवसरको पर्खाइमा, सरुवा रोकिँदा निराशा : JCNEPALMEDIA

पर्सामा रास्वपा भित्रको आन्तरिक विवाद चर्कियाे, अधिवेशन स्थगित गर्न माग : JCNEPALMEDIA

धनुषा जनकनन्दिनी गापा अध्यक्ष यादवको पहलले खजुरी पर्साहा मैदानमा ठुलो बजेटकाे स्टेडियम बन्ने : JCNEPALMEDIA