सिरहा जिल्ला अदालतमा खुल्ल्म खुल्ला घुस लिदै #JCNEPAL_MEDIA

असार २५, २०८१ / जेसी नेपाल संवाददाता

सिरहा जिल्ला अदालतका एक कर्मचारीले एक सेवाग्राहीसँग १५ हजार घुस लिएको भिडियो प्रमाण फेला परेको छ । अदालतमा कार्यरत नायव सुब्बा भुवनेश्वर महतोले सोमबार एक सेवाग्राहीसँग १५ हजार घुस लिएका हुन् ।

ज्यान मार्ने उद्योग मुद्दामा ७ महिनादेखि अदालत धाइरहेका एक जना सेवाग्राहीसँग नायब सुब्बा महतोले घुस मागेका हुन् । मुद्दामा जोडिएका प्रतिवादी आमा र भाइ अदालतमा हाजिर नभएका कारण उनीहरुको सम्पत्ति रोक्का हुने भएपछि नायब सुब्बाले २५ हजार दिए आफूले सम्पत्ति रोक्का गर्नका लागि मालपोतमा पत्र नलेख्ने र नदिए पत्र लेखेर रोक्का गरिदिने भन्दै बार्गेनिङ गरेका थिए ।

घुस नबुझाई काम नहुने भएपछि पीडित सेवाग्राही कान्तिपुरको सर्म्पकमा आएका थिए । उनले भने, ‘कर्मचारीले तारेखमाथि तारेख थमाएर मलाई हैरानै पारे, खासमा उनीहरुको नियत नै दुःख दिएर पैसा असुल्ने रहेछ ।’ २५ हजार घुसमा बार्गेनिङ गरेका कर्मचारी पछि १५ हजारमा ‘काम’ गरिदिन तयार भए । त्यसपछि सोमबार सेवाग्राही १५ हजार बोकेर कार्यालय पुगे । कर्मचारीले सेवाग्राहीलाई एउटा कागज दिए अनि त्यसै कागजमा पैसा बेरेर ल्याउन अह्राए ।

सेवाग्राही शौचालयमा गए । पैसा कागजमा बेरे र कर्मचारीको हातमा थमाए । कर्मचारीले उक्त पैसा आफ्नै टेबुलको घर्रामा राखेर अरु काम गर्न थाले । कान्तिपुरसँग रहेको यही बेलाको भिडियोमा कर्मचारीले भनेका छन्, ‘मंगलबारसम्म १५ देखि २० हजार लिएर आउनुस्, रोक्का हुँदैन, हामी मिलाउँछौं ।’ अदालतका कर्मचारीले सेवाग्राहीसँग घुस बुझेको विषयमा अदालतका श्रेस्तेदार राजकुमार आचार्यले प्रमाण भए कारबाही गर्ने बताए । स्रोत : समाजिक सञ्जाल

प्रकाशित : असार २५, २०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

गृहमन्त्रीविहीन अवस्थामा प्रहरी सरुवामा नियमावली मिचेर एसएसपी–एसपी हेरफेर : JCNEPALMEDIA

भारतमा एलपी ग्यासको मूल्य बढेसँगै नेपालमा पनि मूल्य समायोजनको दबाब : JCNEPALMEDIA

एकै पटक ३० हजार कर्मचारी घर पठाइँदै : JCNEPALMEDIA

एआईजीहरु अवसरको पर्खाइमा, सरुवा रोकिँदा निराशा : JCNEPALMEDIA

पर्सामा रास्वपा भित्रको आन्तरिक विवाद चर्कियाे, अधिवेशन स्थगित गर्न माग : JCNEPALMEDIA

धनुषा जनकनन्दिनी गापा अध्यक्ष यादवको पहलले खजुरी पर्साहा मैदानमा ठुलो बजेटकाे स्टेडियम बन्ने : JCNEPALMEDIA