भाइटीकाको दिन जुवा खेल्ने साढे ९ लाख नगदसहित १५ जना पक्राउ

कार्तिक १८,२०८१ / जेसी नेपाल संवाददाता

धरान : सुनसरीको बराहक्षेत्र नगरपालिकामा जुवा खेलिरहेको अवस्थामा प्रहरीले १५ जनाइलाई पक्राउ गरेको छ। आइतबार बिहान पौने ५ बजे सुनसरी बराहक्षेत्र नगरपालिका-३ नडाहास्थित जीवन कार्कीको घरमा जुवा तास खेलाइरहेको भन्ने गोप्य सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी रामप्रसाद तिमल्सिनाले बताए।

जिल्ला प्रहरी कार्यालय सुनसरीबाट प्रहरी निरीक्षक पर्शुराम राई र इप्रका पकलीबाट प्रहरी निरीक्षक लेखनाथ दाहालसहित १४ जनाको प्रहरी टोली परिचालन कार्कीको घरमा छापामारी उनीहरूलाई पक्राउ गरिएको डीएसपी तिमल्सिनाले बताए। जुवा खालबाट ८ लाख ६६ हजार ५ सय नगद बरामद गरिएको डीएसपी तिम्सिनाले बताए।

त्यस्तै पक्राउ परेकाहरुको साथबाट एकलाख एक हजार ५ सय नगद गरी जम्मा ९ लाख ६८ हजार रुपैयाँ बरामद गरिएको उनले बताए। पक्राउ परेका सबैलाई इलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासतमा राखेर अनुसन्धान थालिएको प्रहरीले बताएको छ।

प्रकाशित : कार्तिक १८,२०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

एआईजीहरु अवसरको पर्खाइमा, सरुवा रोकिँदा निराशा : JCNEPALMEDIA

धनुषा जनकनन्दिनी गापा अध्यक्ष यादवको पहलले खजुरी पर्साहा मैदानमा ठुलो बजेटकाे स्टेडियम बन्ने : JCNEPALMEDIA

अवैध रुपमा नामका अघि ‘डाक्टर’ लेख्नेलाई कारबाही हुने : JCNEPALMEDIA

सामाजिक सञ्जालमा नक्कली पेस्तोल प्रदर्शन गर्ने युवक पक्राउ : विराटनगर JCNEPALMEDIA

राष्ट्र बैंकको गभर्नर तथा डेपुटी गभर्नर बाहिरबाट ल्याउने तयारी : JCNEPALMEDIA

हेडक्वार्टरले बदल्यो निर्णय, उपत्यका ट्राफिक प्रहरी प्रमुखमा सुरेश काफ्ले : JCNEPALMEDIA