मोटरसाईकल दुर्घटनामा परी युवकको मृत्यू JCNEPAL_MEDIA

कार्तिक २७,२०८१ / जेसी नेपाल संवाददाता

राैतहट : मोटरसाईकल दुर्घटनामा परी युवकको मृत्यू भएको छ भने अर्का गम्भिर घाईते भएका छन् । रौतहटको चन्द्रपुर वडा नम्बर ४ स्थित पूर्वपश्चिम राजमार्गको पश्चिम तर्फको पहिलो लच्कामा मंगलबार

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । लच्का नजिक सर्लाहीबाट निजगढ तर्फ आउँदै गरेको प्रदेश २–०२–००४ प ७०४९ नम्बरको मोटरसाइकल सडकबाट तल खसेर दुर्घटना हुँदा चालक सर्लाहीको पर्सा गाउँपालिका वडा नम्बर ६ बस्ने २७ वर्षीय साजिद अन्सारीको मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जानकारी दिएको छ ।

दुर्घटनामा परेर घाइते अन्सारीलाई उपचारको लागि चन्द्रनिगाहपुरस्थित अस्पतालमा ल्याउँदा मृत्यु भएको हो । प्रहरीका अनुसार अन्सारीले चलाएको मोटरसाइकल अनियन्त्रित भई राजमार्गबाट तल खसेको थियो । घटनालगत्तै ट्राफिक प्रहरी टोली घटनास्थल पुगेको थियो ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित : कार्तिक २७,२०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

भारतमा एलपी ग्यासको मूल्य बढेसँगै नेपालमा पनि मूल्य समायोजनको दबाब : JCNEPALMEDIA

एकै पटक ३० हजार कर्मचारी घर पठाइँदै : JCNEPALMEDIA

एआईजीहरु अवसरको पर्खाइमा, सरुवा रोकिँदा निराशा : JCNEPALMEDIA

पर्सामा रास्वपा भित्रको आन्तरिक विवाद चर्कियाे, अधिवेशन स्थगित गर्न माग : JCNEPALMEDIA

धनुषा जनकनन्दिनी गापा अध्यक्ष यादवको पहलले खजुरी पर्साहा मैदानमा ठुलो बजेटकाे स्टेडियम बन्ने : JCNEPALMEDIA

अवैध रुपमा नामका अघि ‘डाक्टर’ लेख्नेलाई कारबाही हुने : JCNEPALMEDIA