डडेल्धुरामा नेता, कार्यकर्ता भेट्दै सभापति देउवा-JCNEPAL_MEDIA

कार्तिक २९,२०८१ / जेसी नेपाल संवाददाता

डडेल्धुरा : नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई गृहजिल्ला कात्तिक २६ गते गृहजिल्ला डडेलधुरामा शुभेच्छुक, नेता, कार्यकर्ताले भव्य स्वागत गर्नुका साथै आफ्ना समस्याहरू राखेका छन् । देउवालाई पार्टीका नेता कार्यकर्ताले ठाउँठाउँमा स्वागत गरेका छन् । आफूले पटक पटक मतदान गरेर विजयी बनाएका देउवालाई घरआँगन र टोलमा भेट्दा मतदाताहरू खुसी भएका छन् ।

देउवाले नै सुदूरपश्चिमलाई काठमाडौंसँग जोडेका हुन् । देउवाकै कारण सुदूरपश्चिमले काठमाडौंमा आफ्नो पहिचान बनाएको डडेल्धुराका स्थानीयले बताउने गरेका छन् । सभापति देउवाले डडेल्धुरामा रहेका विभिन्न देवीदेवताको पूजाआजा समेत गरेका छन् । सभापति देउवा समक्ष डडेल्धुराका स्थानीय तहका जनप्रतिनिधि, कार्यकर्ता एवं विभिन्न राजनैतिक दलहरूले विभिन्न माग राख्दै योजना निर्माण गर्न मागपत्र बुझाएका छन् । सभापति देउवा बिहीबार अजयमेरु गाउँपालिका–१ पुइलेक र २ को चमडामा पुगेर कार्यकर्तासँग भेटघाट गरेका छन् ।

शुक्रबार सभापति देउवाको जन्मथलो गन्यापधुरा गाउँपालिका –१ रुवाखोलामा रहेको असियु देवताको पूजाआजा गर्ने कार्यक्रम रहेको छ । गृहजिल्ला डडेल्धुरामा सभापति देउवाले अन्य कार्यक्रममा अतिरिक्त कांग्रेस कार्यकर्तालाई भेटघाटलाई समेत निरन्तरता दिएका छन् ।

प्रकाशित : कार्तिक २९,२०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

भारतमा एलपी ग्यासको मूल्य बढेसँगै नेपालमा पनि मूल्य समायोजनको दबाब : JCNEPALMEDIA

एकै पटक ३० हजार कर्मचारी घर पठाइँदै : JCNEPALMEDIA

एआईजीहरु अवसरको पर्खाइमा, सरुवा रोकिँदा निराशा : JCNEPALMEDIA

पर्सामा रास्वपा भित्रको आन्तरिक विवाद चर्कियाे, अधिवेशन स्थगित गर्न माग : JCNEPALMEDIA

धनुषा जनकनन्दिनी गापा अध्यक्ष यादवको पहलले खजुरी पर्साहा मैदानमा ठुलो बजेटकाे स्टेडियम बन्ने : JCNEPALMEDIA

अवैध रुपमा नामका अघि ‘डाक्टर’ लेख्नेलाई कारबाही हुने : JCNEPALMEDIA