असल नियतले अधिकार प्रयोग गर्दा अख्तियारसँग डराउनु नपर्ने : प्रमुख आयुक्त राई -JCNEPAL_MEDIA

कार्तिक २९,२०८१ / जेसी नेपाल संवाददाता

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले असल नियतले कानूनले दिएको अधिकार प्रयोग गर्दा अख्तियारसँग डराउनुपर्ने अवस्था नरहेको बताएका छन् । बिहीबार नक्सालस्थित आयोगको कार्यालयमा आयोजित अन्तरक्रियामा राईले विकास निर्माण, सेवा प्रवाह, र सुशासनका लागि तीन तहका सरकारले आफ्नो जिम्मेवारी मनन गरेर काम गर्नुपर्ने बताए ।

प्रमुख आयुक्त राईले पदीय जिम्मेवारी बहन गर्ने सबै अधिकारीहरूले कानूनको परिपालना, खर्चको मितव्ययिता, आर्थिक अनुशासन र सरकारी सम्पत्तिको सदुपयोगलाई सुनिश्चित गर्नुपर्ने बताए । उनले तहगत सरकारको कार्य विभाजन थप स्पष्ट बनाउनुपर्ने र जिम्मेवारी पन्छाउने तथा निर्णय नगर्ने पदाधिकारीलाई कारवाहीको व्यवस्था गर्नुपर्ने बताए । राईले रुग्ण आयोजना, बहुवर्षीय श्रोत सुनिश्चित गरेका आयोजना र बजेट अभावका कारण कार्यान्वयनमा नसकिएका आयोजनाहरूको अध्ययन गरेर उचित व्यवस्थापन गर्नुपर्ने बताए ।

संघ, प्रदेश र स्थानीय तहमा कार्यबोझका आधारमा कर्मचारी दरबन्दी पुनरावलोकन गरी राष्ट्रिय मापदण्ड अनुसार व्यवस्थापन गर्नुपर्ने प्रमुख आयुक्त राईले बताएका छन् । उनले जिम्मेवारीपूर्वक काम गर्दा आयोग सधैँ सहयोग गर्न तत्पर रहेको आश्वासन दिएका छन् । नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्यालले सुशासन कायम राख्न सबै निकायका प्रमुखहरूले निडर भएर निर्णय गर्नुपर्ने बताए ।

अर्यालले कानूनले दिएको अधिकारलाई पूर्ण रूपमा प्रयोग गरी आफ्नो जिम्मेवारी बहन गर्न निर्देशन दिएका छन् । मुख्यसचिव अर्यालले भने, ‘कहिलेकाहीँ काम गर्ने फस्ने र नगर्नेले केही पनि भोग्नुपर्दैन भन्ने अवस्थाको अन्त्य गर्न जरुरी छ । कुनै निर्णयमा कन्फ्युजन भए पनि आपसी समन्वयमा अघि बढ्न सकिन्छ । कामै नगरी पन्छिनु हुँदैन ।

प्रकाशित : कार्तिक २९,२०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

मुख्यमन्त्रीहरुसँग प्रधानमन्त्री वालेन्द्र शाहको छलफलमा,सीमानाकाको सवारी कर हटाउनुपर्ने माँग : मधेस मुख्यमन्त्री यादव

धनुषा प्रहरीले यतायात कार्यालयबाट पाँच जना विचाैलिया गरे पक्राउ : JCNEPAL MEDIA

अमिशा माथि भएको “साइबर हमलामा उजुरीपछि रौतहटबाट युवक पक्राउ, सामाजिक सञ्जाल नियमन गर्न ब्यूराे एक्शनमा : JCNEPAL MEDIA

धनुषा नापी कार्यालयले पनि अपनाए डिजिटल प्रविधि , नक्साको लागि “मेरो कित्ता” प्रणालीमार्फत घरमै बसेर नक्सा लिन सक्ने : JCNEPAL MEDIA

दलका नेताको अनुपस्थितिमै बस्यो रास्वपा संसदीय दल बैठक : JCNEPAL MEDIA

जनकपुरको ब्लैक एण्ड ह्वाईट डान्सबारमा यौन कार्य गर्न न´मान्दा युवतीलाई निर्घात कुटे, दुई जना पक्राउ : JCNEPAL MEDIA