पुर्णिमाका दिन कमलामा डुबेका बालक तीनदिनपछि भेटाए

मंशिर २,२०८१ / जेसी नेपाल संवाददाता

कार्तिक पूर्णिमाको क्रममा स्नान गर्न कमला नदी पुगेका एक बालक डुबेको तिनदिनपछि नदीमा तैरिएको भेटिएको छ । सिरहा नगरपालिका वडा नम्बर १५ बुधौरा बस्ने स्थानीय कपिल यादवको १४ बर्षिय छोरा अभिषेक यादवको गत कार्तिक ३० गते कार्तिक पूर्णिमाको दिन स्नान गर्ने क्रममा डुबेका थिए ।

ऐतिहासिक र धार्मिक रुपले शक्तिशाली मानिएको कमला नदीमा डुबेपछि उनलाई खोज्न तीनदिनसम्म गोताखोर टोली परिचालन गरिएको थियो । डुबेको स्थानमै गोताखोर टोली तीनदिनसम्म खोजेपनि नभेटिएका अभिषेक आज विहान आफैँ तैरिरहेको अवस्थामा फेला परेको हो । सिरहाको बसबिट्टा घाटमा कमला स्नानको लागि नदीमा उत्रेका अभिषेक केही बेर नुहाईधुवाई गरेका थिए ।

भत्केको कमला पूलमुनि नुहाउन पुगेका उनी तत्कालै डुबेका थिए । पुलमुनी पाईलिँगको लागि डोजरले समेत खाल्डो खनिएको छ । स्नानकै क्रममा करिब ११ बजेतर्फ सोही ठाउँमा डुबेका यादवको शव प्रहरीको गोताखोर टोलीले बरामद गर्न सकेनन् । तीनदिनपछि आफैँ शव पानीमा तैरिरहेको अवस्थामा भेटिएको हो । कमला नदीमा उच्छृँगल गतिविधि गर्नेलाई कमलाले आफ्नो गोदमा समाउने धार्मिक विश्वास रहिआएको छ ।

विभिन्न धार्मिक ग्रन्थसँग जोडिएको कमला नदीको ऐतिहासिक किम्बदन्तीले समेत विगतमा समेत यस्ता घटनाहरु हुँदै आएको बुढापाखाहरु बताउँछन् । जानकारी अनुसार, कमला नदीमा डुबेका अभिषेकको लागि उनका परिवारजनले कमलालाई भाकल गरेका थिए । यद्यपी, यसबारे उनको परिवारजनले भने केही बोल्न सक्ने अवस्थामा छैनन् ।

प्रकाशित : मंशिर २,२०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

भारतमा एलपी ग्यासको मूल्य बढेसँगै नेपालमा पनि मूल्य समायोजनको दबाब : JCNEPALMEDIA

एकै पटक ३० हजार कर्मचारी घर पठाइँदै : JCNEPALMEDIA

एआईजीहरु अवसरको पर्खाइमा, सरुवा रोकिँदा निराशा : JCNEPALMEDIA

पर्सामा रास्वपा भित्रको आन्तरिक विवाद चर्कियाे, अधिवेशन स्थगित गर्न माग : JCNEPALMEDIA

धनुषा जनकनन्दिनी गापा अध्यक्ष यादवको पहलले खजुरी पर्साहा मैदानमा ठुलो बजेटकाे स्टेडियम बन्ने : JCNEPALMEDIA

अवैध रुपमा नामका अघि ‘डाक्टर’ लेख्नेलाई कारबाही हुने : JCNEPALMEDIA