मानव तस्करीमा मुछिएका कोशीका मन्त्री अधिकारीलाई उन्मुक्ति JCNEPAL_MEDIA

मंशिर १०,२०८१/ जेसी नेपाल मिडिया

काठमाडौं : जापान जाँदा मानव तस्करी गरेको अभियोगमा पक्राउ परेका कोशी प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारीविरुद्ध मुद्दा नचल्ने भएको छ ।

गतत कात्तिक १३ गते प्रदेश र संघीय सरकारको अनुमतिबिना नै जापान जाने क्रममा मन्त्रालयका नक्कली कागजात र परिचयपत्र बनाएर तीनजना युवकलाई लगेको आरोपमा पक्राउ परेका अधिकारीलाई मुद्दा नचल्ने निर्णय जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले गरेको हो । प्रदेश मन्त्रिपरिषद् र संघीय सरकारबाट पनि भ्रमण स्वीकृत नगराई जापान उडेका अधिकारीले तीनजना युवकलाई लगेको प्रकरणमा मन्त्री पद गुमाएका थिए ।

उनलाई त्यसपछि नेकपा एमालेले सबै जिम्मेवारीबाट निलम्बन गरेको थियो। सरकारी वकिलको कार्यालय काठमाडौंले पूर्वमन्त्री अधिकारीलाई मुद्दा नचलाउँदा अन्य ११ जनाविरुद्ध भने मुद्दा चलाउने निर्णय गरेको छ । उक्त घटनामा संलग्न रहेको आरोपमा अन्य ११ जनालाई प्रतिवादी बनाउँदै फाइल अदालत लगिएको छ । उनीहरूविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको छ । मानव तस्करीमा मुछिएपछि अधिकारीकाे तीव्र विरोध भएको थियो । त्यसपछि उनले मन्त्री पदबाट राजीनामा दिए । उनलाई एमालेले राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य र संगठित सदस्यबाट पनि निलम्बन गरेपछि प्रहरीले घरैबाट पक्राउ गरेर काठमाडौं ल्याएको थियो ।

त्यसप्रकरणमा जापानबाट डिपोर्ट भएका खोटङका दुई र रसुवाका एकजना युवालाई प्रहरीले पक्राउ गरिसकेको छ। यो प्रकरणमा ओखलढुंगाका गुढी राई र नविन राई पक्राउ परेका थिए । जिल्ला सरकारी वकिलको कार्यालयले यस प्रकरणमा मुछिएका दावा शेर्पा, गोपाल भन्ने योगराज गौतम, जनक राई, महेश पाण्डे, वीरबहादुर सुनुवार, गुडी राई, नवीन राई, कञ्चन देवकोटा, विष्णुप्रसाद भट्टराई, जुगल रिजाल र दिवाकरबाबु भट्टराईविरूद्ध मुद्दा दर्ता गरेको छ। जसमध्ये दिवाकरबाबु, गोपाल र विष्णुप्रसाद फरार छन्।

प्रकाशित : मंशिर १०,२०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

भारतमा एलपी ग्यासको मूल्य बढेसँगै नेपालमा पनि मूल्य समायोजनको दबाब : JCNEPALMEDIA

एकै पटक ३० हजार कर्मचारी घर पठाइँदै : JCNEPALMEDIA

एआईजीहरु अवसरको पर्खाइमा, सरुवा रोकिँदा निराशा : JCNEPALMEDIA

पर्सामा रास्वपा भित्रको आन्तरिक विवाद चर्कियाे, अधिवेशन स्थगित गर्न माग : JCNEPALMEDIA

धनुषा जनकनन्दिनी गापा अध्यक्ष यादवको पहलले खजुरी पर्साहा मैदानमा ठुलो बजेटकाे स्टेडियम बन्ने : JCNEPALMEDIA

अवैध रुपमा नामका अघि ‘डाक्टर’ लेख्नेलाई कारबाही हुने : JCNEPALMEDIA